Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

स्वीस बैंकले ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमायो

२०७९ कार्तिक १६ गते

एजेन्सी । स्वीजरल्यान्डको केन्द्रीय बैंक, स्वीस नेशनल बैंकले सन् २०२२ को ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमाएको छ । ४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले निरन्तर रुपमा ब्याजदर बढाएपछि मानिसहरुले सुरक्षित लगानीका रुपमा डलरमा लगानी गरिरहेका छन् । डलरको माग बढ्दै गएपछि डलरको मूल्य पनि बढेको छ ।
यसैक्रममा स्वीस फ्रान्कलाई कमजोर हुन नदिन र विश्व बजारमा स्वीस फ्रान्कको मूल्य सन्तुलनमा राख्न स्वीस बैंक प्रयत्नरत रहेको छ । स्वीस फ्रान्कको मूल्यमा कमी आउन नदिन स्वीस बैंकले १४१ अर्ब फ्रान्क बराबरको बन्ड खरिद गरेको थियो ।