२०७३ आश्विन २७ गते

लघुवित्त कार्यक्रमले यसरी पुर्याउँछ फाइदा (हेर्नुस् रिपोर्टमा)

Microfinance-US-Marketविशेष गरी साना साना बचत, साना ऋण, सानो लघुविमा एवं सामाजिक सुरक्षणका साथै वित्तीय तथा पैसाको कारोवारलाई सरल र सुलभ, एक ठाउंबाट अर्को ठाउंमा सजिलैसंग पैसा झिक्न, निकाल्न पाउन सक्न रेमिटको कारोबार लघुउद्यमी साना ब्यवसायी बनाउन विभिन्न सीपमुलक तालीम, गोष्ठी, सेमिनार, वित्तीय साक्षरता तथा सामाजिक विकासको चेतना अभिवृद्धि कार्यक्रम नै लघुवित्त हो । अध्ययन भ्रमणका लागि लक्षित वर्गको पहिचान गरीमध्यम वर्गीय गरीब, विपन्न, र अति विपन्न परिवारहरुलाई वित्तीयसेवाको पहुंच पुर्याउनुलाई नै लघुवित्त भनिन्छ । लघुवित्त कार्यक्रम मार्फत डेरीफार्म, शैक्षिक संस्था, पशुपालन, कृषि लगायत समुदाय र ग्राहक सदस्यसंग आधारित थुप्रै समाजिक व्यवसायहरु संचालन गर्न सकिन्छ । 

नेपालमा लघुवित्त
विश्वमा लघुवित्तको बहस र छलफलहरु, अध्ययन अनुसंधानहरु, तालीम, गोष्ठी सेमिनार, विभिन्न किताव प्रकाशन तथा पत्रपत्रिका, ईमेल ईन्टरनेटहरुमा सार्वजानिक हुने गरेको देखिन थालेका छन् । पछिल्लो दिनहरुमा नेपालमा  पनि यस्ता सर्वेक्षणहरु हुन थालेका छन् । जसअन्तर्गत नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार ईजाजत पत्र प्रदान गर्ने नियमक निकायले मासिक रुपमा मासिक प्रतिवेदन संकलन गर्ने त्रैमासिक प्रकाशन एंव विश्लेषण र वार्षिक रुपमा सुपरिवेक्षण गर्ने काम गर्दछ भने, यही अनुरुप साना कृषि सहकारीहरुको साना किसान, बचत तथा ऋण सहकारीहरुको आफ्ना साझेदार संस्थाहरुको प्रतिवेदन संकलन र विश्लेषण गर्ने र लघुवित्त संस्थाहरुलाई थोक कर्जा प्रवाह गर्ने कार्य गर्दछ ।

नेपालमा पनि गरिबी न्युनीकरणको अभियानमा विभिन्न खाले लघुवित्त संस्था तथा अभ्यस्तकर्ताहरु संलग्न रहेका छन् । हालसम्म नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त तीन खाले संस्थाहरु ः लघुवित्त विकास बैंक तथा वित्तीय संस्थाहरु, लघुवित्त कारोबार इजाजत प्राप्त गैरसरकारी संस्थाहरु, र लघुवित्त कारोबार गर्ने ऋण तथा बचत सहकारी संस्थाहरुले लघुवित्त सेवा दिँदै आएका छन् । देशका अति विकट तीन जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा यो लघुवित्त कार्यक्रम संचालनमा रहेका छन् । नेपालमा औपचारिक रुपमा वित्तीय क्षेत्रमा कारोबार गर्ने ईजाजत प्राप्त संस्थाहरुलाई  क, ख, ग, घ वर्गमा राखिएका छन् । जस अन्तरगत लघुवित्त संस्थाहरु “घ” वर्गमा पर्छन् । नेपालमा यस्ता लघुवित्त बैंकहरुको संख्या ४० नाघिसकेको छ । 

कसरी चल्छ लघुवित्त
यी लघुवित्त संस्थाका संचालकहरुमा मनोनित तथा निर्वाचित दुबै प्रकारका हुन्छन् । प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया दुई कार्यअवधि ४÷४ वर्षको हुन्छ । भने, हाल व्यवहारिक रुपमा यस्ता लघुवित्त संस्थाहरुले प्रमुख कार्यकारी अधिकृतलाई दुईकार्यकाल भन्दा बढी समय पनि राखिएको देखिन्छ ।
गैह््रसरकारी संस्थाबाट प्रवद्र्धित हुने लघुवित्त संस्थाहरु ‘घ’ वर्गको वित्तीय ईजाजत लिदां, संस्थाहरुको शेयर स्वामित्व २५ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याइएको छ । गरिब तथा विपन्न वर्गमा लक्षित भएकाले लघुवित्त बैंकहरुलाई दुर्गम भेगतिर जान प्रोत्साहन गरिएको छ । हालसालै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले राष्ट्र बैंकले तोकेको स्थानमा जाने लघुवित्त बैंकलाई मात्र सञ्चालनको अनुमति दिने बताएका छन् । 

लघुवित्त संस्था किन ?
लघुवित्त कार्यक्रमले साना पूँजीको व्यवस्थापन गर्न, समुदायलाई श्रमको उपयोग गर्न, स्वरोजगार उद्यमशील बन्न र समयको सदुपयोग गर्न सिकाउँछ । संसारभरी लघुवित्तलाई गरिबी न्युनिकरणको प्रमुख औजारको मानिन्छ । यस्ता संस्थाहरुमा आवद्ध हुनेमा ९० प्रतिशत भन्दा बढी महिलाहरुको सहभागिता देखिन्छ ।

विश्व समुदायमा नै गरिबी न्युनिकरणका लागि लघुवित्तले पुर्याएको योगदान उल्लेखनीय रहेको पाइन्छ । यसै कारणको महत्व बुझेर नेपालले पनि औपचारिक रुपमा ग्रामीण विकासमा बैकिङ्ग पहुँच पुर्याउन ग्रामीण विकास बैंकहरु ल्याएको थियो भने सोही समयबाट केही गैह्र सरकारी संस्थाहरुले लघुवित्तको कामलाई अघि सारेका थिए ।