Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

झन्–झन् उच्च बन्दै डलरको भाउ

२०७९ कार्तिक ३ गते

बैंकिङ खबर/ पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ । अमेरिकी डलरको भाउ फेरि बढेर सर्वाधिक महँगो हूँदा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक ३ गते विहीबारका लागि एक डलरको बिक्रीदर १३३ रुपैयाँ १४ पैसा र खरिददर १३२ रुपैयाँ ५४ पैसा तोकेको छ । यो भाउ हालसम्मकै उच्च हो । 

यसको मतलब नेपाललली एक अमेरिकी डलर साट्नुपर्दा १३३ रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ खर्चनुपर्ने भएको हो । बुधबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा र खरिददर १३१ रुपैयाँ ४८ पैसा थियो ।

डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो । भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो । 

भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर हुने गर्छ । धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउँदा डलरको माग बढेका छ । यसले भाउ बढाएको हो ।