Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

हङकङको मोबाइल बैंकिङ एसियाकै उत्कृष्ट

२०७९ आश्विन २८ गते


बैंकिङ खबर/ हङकङको मोबाइल बैकिङ एसियाकै राम्रो रहेको एक अध्ययनले देखाएको छ । सिया पार्टनर्सले गरेको अध्ययनका अनुसार समग्र विश्वभरमा भने हङकङको मोबाइल बैंकिङ पाँचौंमा पर्छ । कोभिड–१९ महामारीले पनि मोबाइल बैकिङको विकासको लागि सहयोग पुगेको छ ।

हङकङका १७ मोबाइल बैकिङ एपले ५६ अंक पाएका छन्। यो सूचीको शीर्षस्थानमा रहेको नेदरल्याण्ड्स ६६ अंकका साथ पहिलो स्थानमा छ । दोस्रोमा रहेको बेलायत ६५, तेस्रोमा स्पेन ६३ र इटाली ६० अंकका साथ चौथो स्थानमा छन् ।

अध्ययनको प्रतिवेदनका अनुसार मानिसहरुले मोबाइल बैंकिङ चलाउँदाको विभिन्न ८५ वटा विधालाई आधार बनाइएको थियो । जसमा मानिसहरुको मोबाइल बैंकिङ चलाउँदाको अनुभव र उनीहरुको धारणा पनि समावेश गरिएको थियो। वार्षिक हिसाबमा औसतमा हङकङको मोबाइल बैंकिङ एपले १८ प्रतिशत बढी अंक पाएको थियो।

हङकङमा कोभिड–१९ को महामारीको समयमा ११ सय बैंक शाखामध्ये ६ सय बन्द भएका थिए। जसको कारण मानिसहरुलाई डिजिटल बैंकिङमा जान बाध्य हुनुपरेको थियो।