
बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक (आरबिआइ)ले मौद्रिक समीक्षा बैठक शुरु गरेको छ । बैठक शुक्रवारसम्म चल्ने छ। बैठक सकिए लगत्तै केन्द्रीय बैंकले क्रेडिट पोलिसिको घोषणा गर्ने छ।
एक दिन चलेको बैठकलाई आधार बनाएर बैठकपछि पोलिसीमा रिपो रेट बढाएर घोषणा हुने अनुमान गरिएको छ। आरबिआइले ०.५० प्रतिशतसम्म रिपो रेट बढाउन सक्ने अनुमान भारतीय सञ्चार माध्यमले लेखेको समाचारमा गरिएको छ। हाल रिपो रेट ५.०४ प्रतिशत छ।
बढ्दो महँगीको कारण आरबिआइले मे महिनामा ०.४० प्रतिशत,जुनमा ०.५० प्रतिशत र अगस्टमा ०.५० प्रतिशत रिपो रेट बढाइसकेको छ। यस आधारमा आरबिआइले मे देखि अहिलेसम्म १.४० प्रतिशतसम्म रिपो रेट बढाइ सकेको छ।


