Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकले तीन दिनमै बाँड्यो एक अर्ब तीस करोड नयाँ नोट

२०७३ आश्विन १९ गते

moneyनेपाल राष्ट्र बैंकको थापाथली शाखाले तीन दिनमा सर्वसाधारणलाई १ अर्ब ३० करोड रुपैयाँ नयाँ नोट बाँडेको छ । राष्ट्र बैंकका अनुसार, थापाथली शाखाबाट आइतबार ३० करोड, सोमबार ४५ करोड रुपैयाँ र मंगलबार ५० करोड रुपैयाँको हाराहारीमा नयाँ नोट वितरण भएको हो । 

बैंकले थापाली शाखाबाहेक उपत्यका बाहिरका आफ्ना पाँचवटा क्षेत्रीय कार्यालय मार्फत पनि सर्वसाधारणलाई सीधै नयाँ नोट वितरण गरिरहेको छ । उपत्यका बाहिरका कार्यालयहरुबाट कति नयाँ नोट वितरण गरियो भन्ने तथ्यांक आइनसकेको राष्ट्र बैंकले जनाएको छ । 

गत आईतबारदेखि सीधै सर्वसाधारणलाई नयाँ नोट बाँड्न थालेको राष्ट्र बैंकले आगामी आइतबारसम्म वितरण गर्नेछ । राष्ट्र बैंकबाट सीधै साट्दा एक सर्वसाधारणले सय रुपैयाँ र सोभन्दा कम दरका सबै दरका २/२ बण्डलका दरले ३७ हजार रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई भने राष्ट्र बैंकले यसअघि नै वितरण गरिसकेको छ ।