२०७३ आश्विन १८ गते

न्यूरोडमा यसरी बग्दैछ पैसाको बिटो (फोटोकथा)

नेपालीहरुको महान् चाड दशैँ आएको छ । सबैतिर हर्ष र खुसियाली छ । बजारहरु व्यस्त छन् । राजधानीभित्र जताततै सर्वसाधारणको भीड छ । बैंकहरुमा नयाँ नोट साट्नेको भीड छ, बसपार्कमा गाउँ जानेको भीड छ, बजारमा सपिङ गर्नेको भीड छ । त्यसमाथि पनि न्यूरोड र आसपासका क्षेत्र, काठमाडौँको सबैभन्दा व्यस्त बजार । अहिले त्यहाँ खुट्टा टेक्ने ठाउँ छैन । न्यूरोडमा रहेका सपिङ कम्प्लेक्स, पसल तथा फुटपाथ सबै भरिभराउ छन् । व्यापारीहरुको पैसा कमाउने मूख्य सिजन हो दशैँ । अरु बेला पाँच सय रुपैयाँमा आउने सर्टलाई दशैँको बजारमा सात सयमा बेच्छन् व्यापारी । अनि, ग्राहक पनि तयार हुन्छन् पैसा खन्याउन । यसैबिच, बैंकिङ खबर डट कमले न्युरोड बजारको व्यस्तता र पैसा खन्याउन उर्लिएो सर्वसाधारणको भीडलाई केही तस्वीरहरुमा कैद गर्ने प्रयास गरेको छ । हेर्नुस्, यसपालीको दशैँमा न्युरोड बजारका केही झलक :

dscn1440 dscn1443 dscn1447 dscn1452 dscn1454 dscn1455 dscn1471 dscn1485 dscn1490 dscn1493 dscn1517