Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

हङकङको ब्याजदर १४ वर्षयताकै उच्च

२०७९ आश्विन ६ गते

बैंकिङ खबर/ हङकङमा पछिल्लो ६ महिनामा ब्याजदर महिनामा पाँचौंपटक बढेको छ। हङकङको केन्द्रीय बैंकले बिहीबार ब्याजदरको आधार दर ७५ आधार अंकले बढाएको छ। यससँगै हङकङमा ब्याजको आधार दर ३.५ प्रतिशत पुगेको छ।

तत्कालैदेखि लागू हुने गरी बढाइएको आधार दर हङकङको लागि १४ वर्षयताकै उच्च हो। यसअघि सन् २००८ को मार्चमा हङकङमा ब्याजको आधार दर ३.७५ प्रतिशत थियो। जतिबेला समग्र विश्व वित्तीय संकटको सामना गरिरहको थियो। 

हङकङको मौद्रिक नियमनकारी निकाय (एचकेएमए)ले सन् १९८३ यता मौद्रिक व्यवस्थापनको नीति ल्याउँदै अएको छ। यसअघि अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजको आधार दर १४ वर्षयताकै उच्च राख्ने निर्णय गरेको थियो। 

 

Ad