
बैंकिङ खबर/ आर्थिक वर्ष २०२३ मा नेपालको आर्थिक वृद्धि दर ४.७ प्रतिशत पुग्ने एडीबीले प्रक्षेपण गरेको छ । २०२२ मा ५.८ प्रतिशतको अनुमानित वृद्धि दरको तुलनामा आगामी वर्ष अर्थतन्त्र झन्डै खुम्चिने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको हो ।
‘आयातमा नियन्त्रणमा थप कडा कदम चाल्दा आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने जोखिम उत्पन्न हुन सक्छ, जसले घरेलु उत्पादन र उपभोगमा असर पार्छ र वृद्धिलाई प्रतिकूल असर पार्छ,’ –नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक अर्नाउड काउकोइसले भन्नुभयो–‘कोभिड संक्रमणपछिको लकडाउन,कमजोर स्वास्थ्य प्रणालीलाई अझ तनाव दिने डेंगु ज्वरोको तीव्रता,प्राकृतिक प्रकोपहरूबाट उत्पन्न प्रकोपहरू र भूराजनीतिक उथलपुथलले आर्थिक वृद्धिको सम्भावनालाई अझ कमजोर बनाउन सक्छ ।’


