Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दशैँका लागि नयाँ नोट साट्न विहानैदेखि सर्वसाधारणको भीड (फोटोफिचर)

२०७३ आश्विन १६ गते

नेपाल राष्ट्र बैङ्कले आइतबार (आज)देखि नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैङ्कको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ । यस वर्ष  ५, १०, २०, ५० र १०० रुपैयाँका दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यसपटक राष्ट्र बैंकले प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउनेछ ।

आइतबार सबेरैदेखि नयाँ नोट लिन राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली अगाडि सर्वसाधारणहरुको लाइन लागेको छ । विभागले सर्वसाधारणका लागि ९ वटा सटही काउन्टर राखेकोमा बिहान ६ बजेदेखि नै सबै काउन्टर सर्वसाधारको भीडले भरिएका छन् । हेर्नुस्, तस्वीरमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली अगाडि नोट साट्ने सर्वसाधारणको भीड :note-line-6

note-line-1 note-line-2 note-line-3 note-line-4 note-line-5 note-line-8 note-line-9 note-line-10 note-line