२०७३ आश्विन १६ गते

आजबाट राष्ट्र बैंकबाट सिधै नयाँ नोट लिन सकिने, कहाँ–कहाँबाट पाइन्छ (सूचिसहित)

money-660x330हिन्दु नेपालीहरूको महान् चाड बडादसैँका लागि नेपाल राष्ट्र बैङ्कले आइतबार (आज)देखि नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैङ्कको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैंकका अनुसार राष्ट्र बैंका शाखा रहेका धनगढी, वीरगञ्ज, भैरहवा, विराटनगर, पोखरा, नेपालगञ्जबाट सर्वसाधरणले नयाँ तथा सफा नोट साट्न पाउनेछन् ।

यस वर्ष  ५, १०, २०, ५० र १०० रुपैयाँका दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यसपटक राष्ट्र बैंकले प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउनेछ । यसअघि राष्ट्र बैंकले प्रतिव्यक्ति २२ हजार रुपैयाँ दिएको थियो । शारीरिक अपांगता भएका तथा अशक्त व्यक्तिका लागि लाइन नबसी नोट साट्न पाउने विशेष व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । चाडपर्वको अवसरमा नयाँ नोट बढी फोहर हुने भएकाले सकेसम्म अबिर तथा अन्य रङको प्रयोग नगरिदिन सर्वसाधारण सबैमा राष्ट्र बैङ्कले अनुरोध समेत गरेको छ । 

यसैबीच आइतबार सबेरैदेखि नयाँ नोट लिन राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली अगाडि सर्वसाधारणहरुको लाइन लागेको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीले सर्वसाधारणका लागि ९ वटा सटही काउन्टर राखेको छ । मुद्रा व्यवस्थापन विभाग थापाथलीमा बिहान ६ बजेदेखि नै सर्वसाधारण लाइनमा लागेका हुन् ।  मुद्रा व्यवस्थापन विभागले बिहानैदेखि लाइनमै कुपन वितरण गरेको छ । 

rastra-bank


नयाँ नोट पाइने विभाग तथा शाखाहरु
राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, थापाथली
शाखाहरु :
राष्ट्र बैंक कार्यालय धनगढी 
राष्ट्र बैंक कार्यालय वीरगञ्ज
 राष्ट्र बैंक कार्यालय भैरहवा,
 राष्ट्र बैंक कार्यालय विराटनगर,
राष्ट्र बैंक कार्यालय पोखरा, 
राष्ट्र बैंक कार्यालय नेपालगञ्जबाट