Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

चीनमा ठूलो बैंकिङ घोटाला, २३४ जना पक्राउ परेका छन्

२०७९ भाद्र १५ गते

बैंकिङ खबर/ चीनको सबैभन्दा ठूलो बैंक घोटाला भएको खुलासा भएको छ । यो घोटाला प्रकरणको अनुसन्धानका क्रममा सयौँ व्यक्तिहरु पक्राउ परेका छन् ।

ब्लुमबर्गको पछिल्लो रिपोर्टअनुसार गत २९ अगस्टमा सेन्ट्रल चाइना अथोरिटिजले ५८० करोड डलर (करिब ७ खर्ब ३९ अर्ब रुपैयाँ) को बैंकिङ ठगीको मामिलामा ठूलो कारबाही गरेको हो। अहिलेसम्म हेनान प्रान्तको सुचाङ सहरबाट यस घोटालामा संलग्न २३४ जना पक्राउ परेका छन्। अथोरिटिजका अनुसार यो घोटाला प्रकरणमा अझै धेरै व्यक्तिको संलग्न हुने सम्भावना छ।

रिपोर्टका अनुसार स्थानीय ग्रामीण बैंकमा निक्षेपमा बढी ब्याज दिने प्रलोभन दिएर लाखौँ जनतालाई ठग्ने काम भएको छ। सुचाङ नगर सरकारले लु यिवेई नामका मुख्य योजनाकारले आफ्ना सहयोगीसँग मिलेर यसअघि हेनानका चारवटा बैंक अवैध रुपमा कन्ट्रोल गरेका थिए। त्यसपछि आरोपितले निक्षेपकर्तालाई प्रतिवर्ष १३ देखि १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभनमा ठगी गरेका थिए।

रिपोर्टका अनुसार आरोपितको आन्हुई प्रान्तमा युझाउ सिनमिन्सेङ भिजेल बैंक थियो। यी बैंकहरुमा हजारौँको खाता छ। घटना विवरणअनुसार गत जुलाई १० मा हजारौँ निक्षेपकर्ता आफ्नो पैसा फिर्ता लिन पिपुल्स बैंक अफ चाइनाको झेग्झोङ शाखाबाहिर पुगेका थिए।

यो भीड नियन्त्रण गर्न बैंकबाहिर तोपा तैनाथ गरिएको थियो। यो भीड जम्मा हुनुको मुख्य कारण हेनानका बैंकहरुमा ग्राहकहरुले आफ्नो पैसा निकाल्न नसक्ने थाहा पाएका थिए।