Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तरलता अभाव कम गर्न धमाधम व्याजदर बढाउँदै बैंकहरु

२०७३ आश्विन १५ गते

interest-ratesबैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकहरुले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका छन् । भूकम्प, नाकाबन्दी, तराइ–मधेस आन्दोलनका कारण लगानी विस्तार गर्न नसक्दा बैंकहरुले मुद्दती खातामा २–३ प्रतिशतसम्मा झारेको व्याजदर बढाएर अहिले ७ प्रतिशत पुर्याइएको छ ।

अहिले बैंकहरुमा ऋणको माग बढिरहेको छ । भुकम्पले घर भत्किएकाहरु पुनर्निर्माणका लागि भन्दै धमाधम बैंकबाट ऋण लिन थालेका छन् । तर, निक्षेप संकलन कमजोर हुँदा मागअनुसारको ऋण प्रवाह गर्न बैंकहरु असमर्थ देखिन्छन् । बैंकिङ प्रणालीमा २ खर्ब रुपैयाँसम्मको तरलता हुने गरेकामा अहिले १२ अर्ब मात्र रहेको छ । जुल कुल १४ खर्ब ३० अर्बको १ प्रतिशतभन्दा पनि कम हो ।

गत असार मसान्तदेखि भदौ २४ गतेसम्म बैंकले ४४ अर्ब लगानी गरेका छन् । उक्त अवधिमा बैंकले ३३ अर्ब मात्र निक्षेप संकलन गरेका छन् । त्यसैले, बैंकहरु व्याजदर बढाएरै भएपछि निक्षेप बढाउनुपर्ने बाध्यतामा छन् । निक्षेप संकलनका लागि बैंकले आकर्षक ब्याजदरसहित विभिन्न योजना ल्याएका छन् ।