Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सहारा विकास बैंक र लक्ष्मी लघुवित्तको हकप्रद सेयर खुल्यो

२०७३ आश्विन १४ गते

rights-issueसहारा विकास बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर शुक्रबारदेखि खुलेको छ । 

सहारा विकास बैंकको साढे तीन लाख कित्ता
सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक सय कित्ता बराबर १५० कित्ता हकप्रद शेयर जारी गरेको छ । बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई र सहारा विकास बैंकका सबै शाखाकार्यालय मार्फत आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा असोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म आवेद दिन सकिने कम्पनीले जनाएको छ । भदौ २२ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हाल बैंकको २ करोड ३६ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । हकप्रद निष्काशन पश्चात चुक्तापुँजी ५ करोड ९० लाख रुपैयाँ पुग्नेछ । तीनजील्ले विकास बैंकले ०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ । जसका लागि बैंकले २५ करोड ७८ लाख चुक्तापूँजी भएको सहयोगी विकास बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।

लक्ष्मी लघुवित्तको ११ करोड कित्ता 
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत अर्थात एक बराबरको एकको अनुपातमा हकप्रद सेयर खुलेको छ । कम्पनीको हकप्रदमा असोज १४ गतेदेखि कार्तिक १८ गतेसम्म आवेद दिन सकिने कम्पनीले जनाएको छ । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा लक्ष्मी क्यापिटल मार्फत आवेदन दिन पाउनेछन् ।

अहिले ११ करोड चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ ।