Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्यवसायीमाथी भएको आक्रमणको भत्सर्ना

२०७३ आश्विन १३ गते

नेपाल रत्न तथा आभुषण संघले आफ्ना एक सदस्यमाथी भएको आक्रमणको भत्सर्ना गरेको छ । संघले बिहिबार एक विज्ञप्ति जारी गर्दै बहुमूल्य धातु एवम् रत्न व्यवसायमा आवद्ध व्यवसायीहरुको सुरक्षाका लागि नेपाल सरकारसंग मागसमेत गरेको छ । 

‘संघ सदस्य आनन्द ज्वेलर्स, विशाल बजार काठमाडौका पारस अग्रवाल रतेरियालाई मिति २०७३ साल असोज ३ गतेका दिन साँझ ७ः ३० बजे आप्mनो व्यवसाय सकी शो–रुमवाट घर फर्कने क्रममा अपरिचित व्यक्तिले लुट्ने प्रयासका साथै खुकुरी प्रहार गरेकोले सो घटनाप्रति यस संघ घोर भत्सर्ना गर्दछ ।’ संघका महासचिव सुमन मान ताम्राकारद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी बहुमूल्य धातु एवं रत्न व्यवसायमा संलग्न व्यवसायीहरुको सुरक्षाको लागि नेपाल सरकारसंग यस संघ जोडदार माग गर्दछ ।’

press-bigyapti

Ad