Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भिखारी ‘बैंक’, जहाँ ऋणसँगै पाइन्छ निक्षेपको ब्याज !

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/ भारतको बिहारस्थित मुजफ्फरपुरका भिखारीले आफ्नै ‘बैंक’ खोलेका छन् । उक्त बैंकमा भिखारीहरूले भिक्षामा पाएको पैसा जम्मा गर्छन् । जम्मा गरिएको रकममा उनीहरुले ब्याज पनि पाउँछन् ।

आवश्यकता पर्दा भिखारीहरूलाई ऋण पनि दिइन्छ । यस समूहका सदस्यहरू भिखारीहरू बाहेक आर्थिक रूपमा कमजोर वर्गका मानिसहरू पनि छन् । यसमा हातगाडी र रिक्सा चलाउने व्यक्तिहरू पर्छन् ।

यस्तो छ बैंक सञ्चालनको प्रक्रिया

१७५ भिखारीले पाँचवटा छुट्टाछुट्टै स्व–सहायता समूह बनाएका छन् । यो स्व–सहायता समूह हरेक आइतबार विभिन्न तोकिएका ठाउँहरूमा भेला हुन्छ । बैठकमा भावी योजनाका बारेमा छलफल हुन्छ ।

स्थानीय महिला ललितादेवीले पैसाको अभावमा छोरीको बिहे गर्न नसकेको तर भिखारी बैंकका कारण छोरीको बिहे गराउन पाएको बताउँछिन् । भिखारी बैंकले ललितादेवीलाई २० हजार रुपैयाँ ऋण दिएको थियो ।

समुहका मानिसले आवश्यकता पर्दा ऋण पनि लिन्छन् । शेरपुर ढाबका दिनेश साहनी, अखराघाटकी ललितादेवी र सिकन्दरपुरका मोहन राईले केही महिनाअघि नै यहाँबाट ऋण लिएर छोराछोरीको विवाह गरे । अन्य दुई परिवारले बिरामी छोराको उपचार गराए ।

तुलसी ग्रुपकी सेक्रेटरी विभा देवीले आफुहरुसँग १० जनाको समूह रहेको र यो समूह एक वर्षभन्दा बढी समयदेखि सञ्चालन भइरहेको बताइन् । आज समुहसँग करिब २० हजार रुपैयाँ छ र आवश्यक परे एक सय रुपैयाँको दरले ब्याज लिइन्छ ।

बैंकका प्रबन्धक राजकुमार मांझीले ६ वर्षअघि बैंक स्थापना गरेको बताए । यसमा ४० सदस्यहरू छन् । मान्झी भन्छन्, ‘बैंकको दैनिक कामकाज हेर्न म शिक्षित छु । “बैंकका प्रत्येक सदस्यले मंगलबार २० रुपैयाँ जम्मा गर्छन् ।

बैंक सचिव मालतीदेवीले समाजमा उनीहरुलाई राम्रो व्यवहार नगरिएको बताइन् । उनले भिनन्, ‘त्यसैले हामीले बैंक खोल्यौं। अब अन्य ठाउँका भिखारीलाई बैंकसँग जोड्ने योजना छ । यसका लागि एजेन्टको संख्या बढाइनेछ । उनीहरूलाई ब्याज रकमबाट भत्ता दिइनेछ । यससँगै सरकारी बैंकमा मंगला बैंकको नाममा खाता पनि खोलिनेछ । नगिना देवी बैंककी क्यासियर हुन् ।’

यस बैंकको जानकारी पाएपछि अब सरकारी तर्फबाट पनि सहयोग आउन थालेको क्षेत्रीय संयोजक निपेन्द्र कुमारले बताए । विशेष कर्जा र सार्वजनिक क्षेत्रका बैंकहरूमा समूह खाता खोल्ने प्रक्रिया अघि बढाइएको छ । मानसिक रूपमा स्वस्थ भिखारीहरूलाई भीख नदिई तरकारी गाडा, रिक्सालगायत स्वरोजगार गर्न सकूँन भनेर मुख्यमन्त्री भिक्षवृत्ति योजनाअन्तर्गत आर्थिक ऋण दिइन्छ ।