एसियाली विकास बैंकले काठमाडौँका लागि एसोसिएट एकोनोमिक्स अफिसर÷इकोनोमिक अफिसर माग गरेको छ । नेपाली नागरिकहरुले मात्र उक्त पदका लागि दरखास्त दिन पाउने समेत बैंकले स्पष्ट पारेको छ । उक्त पदमा रहेर काम गर्न चाहनेले बैंकको रेजिडेन्ट मिसनको इकोनोमिक डाटाबेसको व्यवस्थापन, आर्थिक विश्लेषण तथा अनुमान, आर्थिक तथा राजनीतिक प्रगतीको नेतृत्व, म्याक्रोइकोनोमिक को प्रशासनमा सहयोग तथा विभिन्न प्रोजेक्टहरुमा प्राविधिक रुपमा सहयोग पुर्याउनुपर्नेछ । यसका लागि आवेदकसँग प्राविधिक ज्ञान तथा सीप हुनुपर्नेछ । अर्थशास्त्रमा स्नातक गरेको र एप्लाइड इकोनोमिक थेरीहरुकाबारेमा व्यवहारी ज्ञान भएको या कुनै किसिमको तालिमप्राप्त हुनुपर्ने बताइएको छ । साथै, सम्बन्धित क्षेत्रमा ६ देखि ८ वर्ष काम गरेको अनुभव भएको, अंग्रेजी भाषा लेखन तथा बोलीचालीमा पोख्त, टिममा रहेर काम गर्न सक्ने हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अक्टोबर ६ अर्थात असोज २० गतेभित्रमा बैंकको काठमाडौँ कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।


