सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्लाई खरिद गर्ने भएको छ । खरिद गर्नेसम्बन्धि समझदारीपत्रमा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । एक्वीजीशनमा जाने भएपछि एनआइडिसी क्यापिटल मार्केटको सेयर कारोवार रोक्का हुने भएको छ । कारोवार रोकिएपछि एक्वायर गर्ने पूर्व स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा दरखास्त दिने बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सनराइज बैंकसँग अहिले तीन अर्व ९७ करोड रुपैयाँको चुक्ता पुंजी छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३३.३३ प्रतिशत वोनस शेयर दिने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी पाँच अर्व ३० करोड रुपैयाँ पुग्नेछ । एनआईडिसि क्यापिटल एक्वायर गरेपछि बैंकको चुक्ता पुँजी २० करोड थपिएर पाँच अर्व ५० करोड पुग्ने छ । सनराइजले यसअघि नारायणी नेशनल फाइनान्सलाई एक्वायर गरेको थियो ।
एनआइडिसी क्यापिटलसँग मर्चेण्ट बैंकिङ कारोवारका लागि एसिएम मर्चेण्ट बैंकिंग कम्पनी छ । यो कम्पनीले नेपालमा पहिलोपटक म्युचुअल फण्ड संचालन गरेको थियो ।