
बैंकिङ खबर । विभिन्न बैंक वित्तहरुमा रोजगारीको लागि सूचनाहरु प्रकाशित भएका छन् । कृषि विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि १५२ जनाको आवेदन आह्वान गरेको छ।
प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी मागेको हो। बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ। शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ। उक्त पदका लागि तपाईले अनलाइनबाट आवेदन दिनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ । बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि करारमा ३७ जना कर्मचारी माग गरेको हो । बैंकले सुरक्षा समूहतर्फ पिपामा केन्द्रीय कार्यालयका लागि ३ जना, बिराटनगर कार्यालयका लागि २ जना, जनकपुर कार्यालयका लागि १ जना, वीरगञ्ज कार्यालयका लागि २ जना, पोखरा कार्यालयका लागि २ जना, सिद्धार्थ नगर कार्यालयका लागि २ जना, नेपालगञ्ज कार्यालयका लागि २ जना र सुर्खेत कार्यालयका लागि २ जना मागेको छ ।
त्यस्तै, सवारी चालक (हलुका सवारी चालक) का लागि केन्द्रीय कार्यालयमा १२ जना, जनकपुर कार्यालयमा १ जना र पोखरा कार्यालयमा १ जना कर्मचारी मागेको हो । साथै, बस चालकमा केन्द्रिय कार्यालयका लागि २ जना र जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, धनगढीका लागि १.१ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता आठ कक्षा उत्तिर्ण माग गरेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन ४ गते भित्र बैंकको बेभसाइटमा भित्र राखिएकोबाट अनलाईन आवेदन दिन सकिनेछ ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि १०१ जना कर्मचारी मागेको हो ।
लघुवित्तले प्रबन्धक (प्रशासन विभाग प्रमुख), सहायक प्रबन्धक (मानव संसाधन ब्यवस्थापन विभाग प्रमुख), सहायक प्रबन्धक (वित्त विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा विभाग प्रमुख), सहायक प्रबन्धक (कर्जा असुली विभाग प्रमुख), सहायक प्रबन्धक (अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख), सहायक प्रबन्धक (सूचना तथा प्रविधि विभाग प्रमुख), बरिष्ठ अधिकृत (सामान्य सेवा विभाग प्रमुख) र बरिष्ठ अधिकृत (सचिवालय प्रमुख)मा क्रमश १ १ जना माग गरेको हो ।
त्यस्तै, अधिकृत (प्रदेश प्रमुख) मा ७ जना, अधिकृत (अनुगमन) मा १४ जना, अधिकृत (सूचना तथा प्रविधि) मा १ जना, कनिष्ठ अधिकृतमा २० जना, सहायक प्रशिक्षार्थीमा ५० जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिर्ण देखि स्नताकोत्तर तह उत्तिर्ण गरी बैंक तथा वित्तीय संस्थामा अनुभव बटुलेको कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्वक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार १५ गते) ले २१ दिन भित्र लघुवित्तको बेवसाइट https://cycnlbsl.org.np/careers/ मार्फत आवेदन दिन सकिनेछ ।

साना किसान कृषि सहकारीले कर्मचारी माग गरेको छ । सहकारीले मुख्य संस्था प्रबन्धक पदका लागि १ जना कर्मचारीको माग गरेको हो । सहकारीले यससँगै २ पटक मुख्य संस्था प्रबन्धकका लागि विज्ञापन खुलाएको हो । योग्यता पुगेका र इच्छुक व्यक्तिले सूचना जारी भएको २१ दिनभित्र सहकारीमा दरखास्त दिन सहकारीले आह्वान गरेको छ । साथै सेवा स्थायी हुने भएको हुँदा अधिकृत स्तरको सातौंसम्म योग्यता पुगेकाले दरखास्त दिन सक्नेछन् ।

यस्तै एभरेष्ट बैंकमा पनि रोजगारी खुलेको छ ।





