२०७३ आश्विन ९ गते

सिटी एक्सप्रेसको दशैँतिहार बहार : पैसा पठाउँदा घडेरी उपहार

ct-money-expressसिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँतिहारको अवसर पारेर ‘सिटी बजाउनुहोस, काठमाडौँमा घडेरी पाउनुहोस’ उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत, सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् असोज १० देखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकले काठमाडौँ उपत्यकाभित्र नै ४ आना जग्गा प्राप्त गर्ने अवसर पाउने छन् । यस्तै हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन पनि प्राप्त गर्नेछन् । १२ हप्तासम्म सञ्चालन गरिने यो योजनाबाट १२ जना भाग्यशाली विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

विगतमा गाडी तथा मोटरसाइकलजस्ता उपहार दिँदै आएको कम्पनीले यसपालीको दशैँमा फरकपन ल्याउँलै जग्गा दिने निर्णय गरेको हो । घडेरी तथा जग्गा सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले उपहारस्वरुप जग्गा दिन लागेको बताइएको छ ।