२०७३ आश्विन १० गते

बैंकिङ क्षेत्रमा छानीछानी रोजगारी : हेर्नुस् कुनकुन बैंकमा खुलेको छ जागीर ?

jobबैंकिङ क्षेत्रमा करिअर बनाउने सोचमा हुनुहुन्छ ? यतिबेला विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न पदमा कर्मचारी माग गरिरहेका छन् । 

आईएमई लिमिटेड
आईएमई लिमिटेडले काठमाडौँका लागि पाँच जना प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । स्मार्ट व्यक्तित्व भएको, एक वा दुई वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएको, सफ्टवेर एप्लिेकसनहरु चलाउन जानेको, राम्रो कम्युनिकेसन क्षमता भएको र चुनौतीहरुको सामना गर्न सक्ने हुनेपर्ने समेत उल्लेख गरिएको छ । उक्त पदका लागि दरखास्त दिने मिति मंगलबार सकिँदैछ ।

नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड
नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कर्मचारी माग गरेको छ । नविल बैंकद्धारा हालसालै सञ्चालित कम्पनीले एक जना कर्पोरेट सल्लाहकार र केही संख्यामा मर्चेन्ट बैंकिङ पदका लागि दरखास्त आह्वान गरेको हो । उक्त दुबै पदका लागि व्यवस्थापन तथा अर्थशास्त्रमा पहिलो श्रेणीमा स्नातक उतीर्ण गरेको अथवा सीए, एसीसीए अथवा सीएफए गरेको अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै, कम्तीमा तीन वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको हुनुपर्नेछ । नेपाली पुँजी बजार र यसको नियमनबारे जानकारी भएका र ४० वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २८ सेप्टेम्बर अर्थात असोज १२ गतेभित्रमा कम्पनीमा सम्पर्क गरिसक्नुपर्नेछ ।

सनराइज बैंक
सनराइज बैंकले सुर्खेतको विरेन्द्रनगर, मकवानपूरको हेटौँडा र झापाको दमकमा रहेका शाखा कार्यालयहरुका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले शाखाअधिकृत, अपरेसन इन्चार्जरजनसम्पर्क अधिकृत र कानुन विभागका लागि कर्मचारी माग गरेको हो । शाखा सञ्चालन, क्रेडिट र सेल्सबारे राम्रो जानकारी भएको, बैंकिङ नियमनबारे जानकारी भएको र अंग्रेजी र नेपाली भाषा लेखन र बोलाईमा पोख्त, बैंकले तोकेबमोजिम योग्यता पुगेका र इच्छुक व्यक्तिले असोज १४ गतेभित्रमा बैंकको कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँमा सम्पर्क गर्नुपर्नेछ ।   

तिनाउ डेभलपमेन्ट बैंक
तिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट वा प्रशिक्षार्थी एसिस्टेन्ट र प्रशिक्षार्थी आईटी अफिसर माग गरेको हो । यसका लागि कम्युटर र नेपाली टाइपिङमा दक्ष, उमेर ३० वर्ष नाघेको र व्यवस्थापन संकायमा प्रविणता तह उतीर्ण नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ । डाटावेश मेनेजमेन्ट, सिस्टक एडमिनिस्ट्रेसन, सफ्टवेर तथा हार्डवेर ट्रबलसुटिङ लगायतमा अनुभव भएकाले आईटी अफिसरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन दिने मिति असोज १४ गतेसम्म छ । 

सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना राजधानीभित्र र बाहिरका मुलुकभर छरिएर रहेका विभिन्न शाखा कार्यालयहरुका लागि प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । बैंकले कमर्स या मेनेजमेन्टमा कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित स्नातक उतीर्ण गरेको र २६ वर्ष ननाघेको, कम्युटरसम्बन्धि ज्ञान भएको, अंग्रजी र नेपाली भाषा बोलाई र लेखाईमा दक्ष र बैंकको कुनै पनि शाखामा काम गर्न तयार उम्मेदवारलाई असोज १५ गतेभित्रमा आवेदन दिइसक्न बैंकले आह्वान गरेको छ ।

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले शाखा व्यवस्थापक र जनसम्पर्क अधिकृत माग गरेको छ । कम्तीमा दोस्रो श्रेणीमा स्नातक या सोसरह उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा दुई वर्ष काम गरेका, ३५ वर्ष उमेर नानाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ । यसका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई असोज १७ गतेभित्र निवेदन र वायोडाटा career@gibl.com.np मा पठाउन आह्वान गरिएको छ ।

नेपाल बैंक
सरकार मातहतको नेपाल बैंक लिमिटेडले ४७ जना कर्मचारी माग गरेको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापनमा प्रमाणपत्र तह कम्तीमा द्धितीय श्रेणीमा उतीर्ण नेपाली नागरिकले असोज २० गते बैंकिङ कार्यालय समयभित्रमा आवेदन दिन सक्नेछन् । ४७ जना नै कनिष्ठ सहायक माग गरेको बैंकले खुला, महिला, आदिवासी÷जनजाती, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्र गरी सात वटा कोटा छुट्याएको छ ।