२०७३ आश्विन ८ गते

आइएलएफसीलाई गाभ्दै सिभिल बैंक, असोजभित्रै एकीकृत कारोबार थाल्ने तयारी

civil bankसिभिल बैंकले र नेशनल लिजिङ एण्ड फाइनान्स (आइएलएफसी) लिमिटेडलाई गाभ्ने भएको छ । नेपाल राष्ट्र बैंक, संचालक समितिको शुक्रबार बसेको बैठकले यी दुई संस्थाबिचको गाभ्ने÷गाभिने सहमतिलाई अन्तिम स्वीकृति दिएको छ । बैंकले यही असोज मसान्तभित्र एकीकृत कारोवार गर्ने तयारी गरिरहेको जनाएको छ ।

स्वाप रेसियो अनुसार सिभिल बैंकको १०० कित्ता शेयर बराबर आइएलएफसीको ८३ कित्ता शेयर हुनेछ । आइएलएफसीको २ अर्ब चुक्ता पूँजी स्वाप रेसियो अनुसार घटेर चुक्ता पूँजी १ अर्ब ६६ करोड रुपैया हुनेछ । बाँकी ३४ करोड रुपैया शेयर प्रिमियम कोषमा जम्मा हुने भएको छ । सिभिल बैंकमा आइएलएफसी गाभिएपछि ५ अर्ब ८ करोड रुपैया चुक्ता पूँजी हुनेछ । गाभिएपछि सिभिल बैंकको नामबाट नै एकीकृत कारोवार हुनेछ । बैंक संचालक समिति हाल सिभिल बैंकको नै हुनेछ । र, बैंकको उच्च व्यवस्थापन पनि यथावत नै रहनेछ । बैंकको शाखा संख्या भने ५३ पुग्नेछ ।