Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक वर्षको सुरुमै घट्न थाल्यो रेमिट्यान्स, एक महिनामा भित्रियो झन्डै ५२ अर्ब

२०७३ आश्विन ८ गते

remitance 1चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स आप्रवाह ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, साउन महिनामा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले घटेर ५१ अर्ब ९४ करोडमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो महिना अघिल्लो वर्ष सोही महिनाको तुलनामा २६.३ प्रतिशतले बढेको थियो । अघिल्लो साउनमा ५३ अर्ब २७ करोड रेमिट्यान्स नेपाल भित्रिएकोमा चालु आर्थिक वर्षको साउनमा भने १ अर्ब ३३ करोड कम भित्रिएको छ ।

गत वर्ष भुइँचालोपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य कमी आएपछि रेमिट्यान्स ओरालो लाग्ने क्रममा छ । श्रम विभागका अनुसार गत आर्थिक वर्षमा बिदेसिने नेपालीको संख्या १८.४ प्रतिशतले घटेको  छ । गत आर्थिक वर्ष ०७२÷७३ मा कुल ६ खर्ब ६५ अर्ब ६ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो ।