२०७३ आश्विन ९ गते

तिनाउ डेभलपमेन्ट बैंकमा जागीर खुल्यो

tinauतिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट वा प्रशिक्षार्थी एसिस्टेन्ट र प्रशिक्षार्थी आईटी अफिसर माग गरेको हो । यसका लागि कम्युटर र नेपाली टाइपिङमा दक्ष, उमेर ३० वर्ष नाघेको र व्यवस्थापन संकायमा प्रविणता तह उतीर्ण नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ । डाटावेश मेनेजमेन्ट, सिस्टक एडमिनिस्ट्रेसन, सफ्टवेर तथा हार्डवेर ट्रबलसुटिङ लगायतमा अनुभव भएकाले आईटी अफिसरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । स्थानीय नागरिकलाई प्राथमिकता दिइने समेत बैंकले स्पष्ट पारेको छ ।

बैंकमा जागीर गर्न इच्छुक तथा निर्धारित योग्यता पुगेका नागरिकले ३० सेप्टेम्बर अर्थात असोज १४ गतेभित्रमा बैंकको केन्द्रीय कार्यालय बुटवलमा सम्पर्क गर्नुपर्नेछ । बैंकको इमेल ठेगानाinfo@tinaubank.com मार्फत पनि सम्पर्क गर्न सकिनेछ । आवेदन दिँदा साथमा वायोडाटा, नागरिकताको फोटोकपि, हस्तलिखित निवेदन र एक प्रति पासपोर्ट साइजको हालसालै खिचेको फोटो बुझाउनुपर्नेछ । थत जानकारीका लागि www.tinaubank.com लग इन गर्न सक्नुहुनेछ ।