
बैंकिङ खबर/ भारतमा ठूलो बैंक घोटला भएको तथ्य बाहिर आएको छ । सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआई)ले दिवासा हाउजिङ फाइनान्स लिमिटेडका पूर्व प्रमोटर्स कपिल बधवान र धीरज बाधवान समेत अन्य व्यक्तिकाविरुद्व मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध ३४ हजार ६१५ करोड भारु अर्थात् ५ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको ठगी गरेको आरोप लगाएको छ ।
बधावन ब्रदर्सले यूनियन बैंक अफ इन्डियाको कन्र्सोटियममा कैयन बैंकलाईबाट ऋण लिएर ठगी गरेको आरोप सीबीआईले लगाएको छ ।सीबीआईले मुम्बईमा १२ स्थानमा छापा मारेको छ । जसमा सीबीआईले डीएचएफएल, कपिल बधावन, धीरज वधावान, स्काईलार्क बिल्डकान प्रालि, दर्शन डेभलपर्स प्रालि, सिंगटिया कन्स्ट्रक्सन बिल्डर्स प्रालि, टाउनसिप डेभलपर्स प्रालि, शिशिर रियालिट प्रालि, सनब्लिक रियल स्टेट प्रालि, सुधाखर सेट्टीललगायतका व्यक्तिलाई विपक्षी बनाएको छ ।
उनीहरुले यूनियन बैंक अफ इन्डियाको नेतृत्वमा १७ बैंकबाट सन् २०१० देखि कर्जा लिन शुरु गरेका थिए । फरक फरक समयमा गरी कर्जालाई खराब कर्जाको सूचीमा राखिएको थियो । फन्डको डाइभर्सन, राउण्ट ट्रिपिङ तथा फन्डको हेराफेरिको आरोपमा मिडियामा समाचार प्रकाशित भएपछि जाँच शुरु गरिएको थियो । यसपछि सन् २०१० फेब्रुअरीमा कर्जा दिने बैंकहरुले संयुक्त बैठक समेत गरेका थिए ।