Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चुक्ता पुँजी अढाई अर्ब पुर्याउँदै ‘दश विकास बैंकहरु’

२०७३ आश्विन ६ गते

coinअघिल्लो वर्ष नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धिको बाध्यकारी व्यवस्था लागु गरेपछि विकास बैंकहरुले त्यसप्रति खुब असन्तुष्टि जनाए । त्यतिबेला उनीहरुलाई चुक्ता पुँजी पुर्याउन कठिन हुने लागेको थियो । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ०७४ असार मसान्तसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका  विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकको ५० करोड हुनुपर्ने छ ।

त्यसका लागि बैंकहरुले गाभिने, एक्वायरमा जाने वा हकप्रद सेयर जारी गर्नेलगायतका काम गरिरहेका छन् । झण्डै तीन वर्षको समयावधिमा चुक्ता पुँजी पुर्याउन १९ वटा विकास बैंकहरुले मर्जरको बाटो रोजेका छन् । ७१ वटा विकास बैंकहरु अहिले ६७ को संख्यामा संचालनमा जहाँ २३ वटा राष्ट्रिय स्तरका विकास बैकहरु छन् । तीमध्ये अझै केही बैंक मर्जरको प्रक्रियामै छन् ।

तर पछिल्लो वित्तीय अवस्थालाई नियाल्ने हो भने झण्डै एक दर्जनको संख्यामा रहेका विकास बैंकहरु मर्जरमा नगई चुक्ता पुँजी पुर्याउन सक्ने देखिएका छन् ।
 
भिबोर सोसाइटी डेभलपमेन्ट बैंक
भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक गाभिएर भदौ तेस्रो सातादेखि कारोबार सुरु गरेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । यो मर्जरसँगै ‘भिबोर सोसाइटी डेभलपमेन्ट बैंक’ देशकै सबैभन्दा बढी चुक्ता पुँजी भएको विकास बैंक भएको छ । ०७४ असार मसान्तसम्ममा यो बैंकले झन्डै ७० अर्ब पुँजी थप गर्नुपर्ने हुन्छ । मर्जरबाट सबल बनेको यो बैंकलाई अढाई अर्ब पुँजी पुर्याउन गाह्रो छैन । 

कैलाश विकास बैंक
चुक्ता पुँजीको हिसाबले यो बैंक पहिलो नम्बरमा छ । हाल बैंकको चुक्तापुँजी १ अर्ब ५८ करोड रुपैयाँ छ । चुक्तापुँजी साँढे दुई अर्ब पुर्याउन बैंकले  छिटै नै लगानीकर्तालाई २५ बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । बोनस वितरणपश्चात पूँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । यसबाहेक बैंकले ३१ करोड ६० लाख रुपैयाँ बराबरको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशनको प्रक्रिया समेत अघि बढाइसकेको छ । हकप्रद र वोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी सवा दुई अर्ब नाघ्नेछ । चालू आर्थिक वर्षको मुनाफाबाट वोनस सेयर दिएर यो बैंकले अढाई अर्ब पुर्याउन सक्छ । 

यती डेभलपमेन्ट बैंक
यो बैंकको चुक्ता पुँजी हाल १ अर्ब ३८ करोड रुपैयाँ छ । अघिल्लो वर्ष ३६ करोड २९ लाख खुद नाफा कमाएको यो बैंक पनि मर्जरबिनै चुक्ता पुँजी पुर्याउन सक्ने बैंकको रुपमा देखिएको छ । बैंकले २ बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी २ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ । अपुग रकम आगामी वर्षको बोनस सेयर वितरण गरेर पुरा गर्ने योजना बैंकको छ ।

सिद्धार्थ डभेलपमेन्ट बैक  
सिद्धार्थ डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी १ अर्ब १४ करोड रुपैयाँ रहेको छ । सिद्धार्थ राष्ट्रिय स्तरको विकास बैंक हो । यस हिसाबले यो बैंकले आगामी असार मसान्तसम्ममा चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुग्नुपर्ने हुन्छ । यसैअनरुप सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक र नेपाल आवास फाइनान्स एक आपसमा मर्ज हुँदा एक अर्ब १४ करोड रुपैयाँ पुँजी पुगेको छ । अब बैंकलाई एक अर्ब ३६ करोड रुपैयाँ बराबरको पुँजी आवश्यक छ । गत आर्थिक वर्षमा ३३ करोड १३ लाख रुपैयाँ नाफा कमाएको बैंकले सो नाफाबाट वोनस सेयर दिएर पुँजी बढाउन सक्छ । साथै, हकप्रद सेयर र चालू आर्थिक वर्षको मुनाफाबाट दिने वोनस सेयरबाट बैंकले सजिलै पुँजी पुर्याउन सक्ने देखिन्छ । 
 
गरिमा विकास बैंक
हालै शुभेच्छा विकास बैंक र गरिमा विकास बैंक एकआपसमा गाभिएर गरिमा विकास बैंकको नामबाट कारोबार सुरु गरेका छन् । मर्जरपछि गरिमा विकास बैंकको चुक्तापुँजी एक अर्ब आठ करोड रुपैयाँ पुगेको छ । आगामी असार मसान्तसम्ममा बैंकले एक अर्ब ४२ करोड रुपैयाँ बराबर पुँजी थप गर्नुपर्ने हुन्छ । यो बैंकले पनि अब बोनस सेयर र हकप्रद सेयरबाटै पुँजी पुर्याउन सक्ने देखिन्छ । अब कुनै संस्थासँग मर्जरमा जाने सोच पनि बैंकले बनाएको देखिँदैन । 

ओम डेभलपमेन्ट बैंक
ओम डेभलपमेन्ट बैंकको चुक्ता पुँजी पनि १ अर्ब रुपैयाँ छ । यो बैंकले पनि मर्जरमा नगईकन पुँजी पुर्याउन सक्ने देखिन्छ । यस बैंकले गत आवमा ३२ करोड ७६ लाख रुपैयाँ नाफा कमायो । सो नाफाबाट बोनस सेयर दिएर बैंकले पुँजी बढाउन सक्छ । साथै, हकप्रद सेयर र चालू आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर नै पुँजी अढाई अर्ब पुर्याउन बैंक सक्षम देखिन्छ । 

एस डेभलपमेन्ट बैंक
एस डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । पुँजीवृद्धिका लागि बैंकले छिटै आफ्ना सेयरधनीलाई २०.२५ प्रतिशत बोनस सेयर दिँदै छ । प्रस्तावित बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी एक अर्ब २० करोड रुपैयाँ नाघ्नेछ । बाँकी एक अर्ब ३० करोड पुँजी बैंकले हकप्रद र चालू आर्थिक वर्षको मुनाफाबाट दिने वोनस सेयरबाट नै पुर्याउन सक्ने देखिन्छ । 

फेवा विकास बैंक
फोवा विकास बैंकको हालको चुक्ता पुँजी ९९ करोड ५० लाख रुपैयाँ छ । सम्पूर्ण वित्तीयण् अवस्था राम्रो भएको यो बैंकले गत आर्थिक वर्षमा ३० करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । जसबाट बैंकने राम्रो बोनस सेयर दिन सक्रुने देखिन्छ । यो बैंकले पनि अलिकति मिििहनेत गर्दा कर्जरविना नै चुक्तापुँजी अढाई अर्ब पुर्याउन सक्ने देखिन्छ ।

मुक्तिनाथ विकास बैंक
हाल मुक्तिनाथ विकास बैंकको चुक्तापुँजी ८३ करोड ८४ लाख रुपैयाँ छ । बैंकले हाल कायम पुँजीको ५० प्रतिशत अर्थात ४१ लाख ९२ हजार कित्ता हकप्रद शेयर हकप्रद शेयर असोज दोस्रो सातादेखि निष्काशन गर्दैछ । जसपश्चात्, बैंकको चुक्ता पूँजी १ अर्ब ३० करोड रुपैंयाको हाराहारीमा पुग्नेछ । बाँकी एक अर्ब २० करोड चुक्तापुँजी बैंकले हकप्रद र बोनस सेयरबाटै पुर्याउन सक्ने देखिन्छ । 

रिलायवल डेभलपमेन्ट बैंक
चुक्ता पुँजी ७८ कारेड ८५ लाख रुपैयाँ रिलायवल डेभलपमेन्ट बैंकले पनि राम्रै नाफा कमाएको छ । बैंकले २६ करोड ९० लाख रुपैयाँ कमाउन सफल भएको छ । जसबाट बैंकले राम्रो बोनस सेयर दिन सक्छ । यो बैंँकलाई पनि आगामी असार मसान्तसम्ममा अढाई अर्ब पुँजी पुर्याउन कठिन देखिँदैन ।