२०७३ आश्विन ७ गते

आईएमई लिमिटेडले माग्यो कर्मचारी 

imeआईएमई लिमिटेडले काठमाडौँका लागि पाँच जना प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । कम्पनीले विजनेसमा स्नातक उतीर्ण गरेको, फोनबाट आएका जिज्ञासाहरुसँग डिल गर्न सक्ने, अन्तर्राष्ट्रिय र लोकल मनि ट्रान्सफर प्रक्रियाबारे जानकार, एजेन्टको आग्रहअनुसार कागजपत्रको आवश्यक जाँचसहित पैसा पठाउन सक्ने, ग्राहकहरुाई तत्काल प्रतिक्रिया दिन सक्ने नेपाली नागरिकको दरखास्त आह्वान गरेको हो । यसका साथै, स्मार्ट व्यक्तित्व भएको, एक वा दुई वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएको, सफ्टवेर एप्लिेकसनहरु चलाउन जानेको, राम्रो कम्युनिकेसन क्षमता भएको र चुनौतीहरुको सामना गर्न सक्ने हुनेपर्ने समेत उल्लेख गरिएको छ । दरखास्त फारम बुझाउने मिति २७ सेप्टेम्बर अर्थात असोज ११ गतेसम्म रहेको छ । थप जानकारी चाहिएमा http://www.imeremit.com/about.php भिजिट गर्न सक्नुहुनेछ ।