Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

धनात्मक ब्याजदर नीति अवलम्बन गदै यूरोपियन केन्द्रीय बैंक

२०७९ जेष्ठ २७ गते

बैंकिङ खबर/ यूरोपियन केन्द्रीय बैंकले धनात्मक नीति अवलम्बन गर्ने भएको छ । सन् २०१४ बाट सन् २०२२ सम्म ऋणात्मक नीति अपनाउँदै आएको युरोपियन केन्द्रीय बैंकले आगामी समयमा धनात्मक नीति अवलम्बन गर्न लागेको हो ।

यसअघि निपेक्षकर्ताहरुले युरोपियन बैंकमा निपेक्ष गर्दा बैंकलाई ०.५ प्रतिशत बुझाउनुपथ्र्यो भने बैंकले धनात्मक नीति अवलम्बन गरे लगत्तै निक्षेपकर्ताहरुले ब्याज रकम पाउने भएका हुन् ।

सन् २०१४ को जुन महिनामा यूरोपमा ऋण संकट पैदा भएको थियो । यसै क्रममा व्यवसायिक लगानी तथा आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न, रोजगारी दर बढाउन र दक्षिण यूरोपमा कमजोर भएका अर्थतन्त्रहरुलाई सहायता गर्दै यूरोपियन केन्द्रीय बैंकका अध्यक्ष मारियो ड्रागिले औसत ब्याजदर शून्य भन्दा पनि कम गर्ने नीति अघि सार्नुभएको थियो । उहाँको यो निर्णयले बैंकहरुको त्रैमासिक आर्थिक वृद्धि खुम्चिनुका साथै बैंकहरुको सेयर पनि क्रमिक रुपमा घट्दै गएको थियो । निक्षेपकर्ताहरु बचतलाई लिएर नकरात्मक भएका थिए ।

यूरोपियन केन्द्रीय बैंकले आर्थिक वृद्धि तथा कुल ग्रास्थ उत्पादन (जिडिपी) मा वृद्धि ल्याउन ऋणात्मक नीति अघि सारेता पनि यूरोपका १९ देशहरुको जिडिपीमा २ प्रतिशत मात्रै वृद्धि आएको थियो । यसैगरी विश्वव्यापी रुपमा कोभिड–१९ संक्रमण फैलिँदै गएपछि युरोपको आर्थिक वृद्धि दरमा गिरावट आएको थियो ।

कोभिड–१९ संक्रमणको समयमा उत्पन्न भएको माग र आपूर्ति बीचको असन्तुलन, आपूर्ति श्रृङ्खला अवरोध र रुसले युक्रेनमा आक्रमण गरेपछि इन्धन तथा खाद्यान्नको मूल्यवृद्धि हुँदा मुद्रास्फीति दर ८.५ प्रतिशत पुगेको छ । आकाशिएको मूल्यवृद्धि नियन्त्रणका लागि यूरोपियन केन्द्रीय बैंकले औसत ब्याजदर बढाउने भएको छ ।

Ad