
बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक (आरबीआई)ले रिपो दर र सीआरआरमा बढाएको छ । आरबीआईले रिपो दर ०.५० प्रतिशतले बढाएको हो । यससँगै रिपो दर ४.४० प्रतिशतबाट बढेर ४.९० प्रतिशत पुगेको छ ।
रिपो दर बढेसँगै होम लोनदेखि अटो र पर्सनल लोनसम्म सबै महंगिनेछ । ऋणीले थप ईएमआई तिर्नुपर्नेछ । ब्याजदरबारे निर्णय गर्न जुन ६ देखि मौद्रिक नीति समितिको बैठक बस्दैछ ।
आरबीआईका गभर्नर शक्तिकान्त दासले बुधबार पत्रकार सम्मेलन गरी ब्याजदरमा भएका निर्णयबारे जानकारी दिनुभएको छ । मे महिनामा भएको बैठकमा आरबीआईले पनि नगद रिजर्भ अनुपात (सीआरआर) ०.५० प्रतिशतले बढाएको थियो । यो बढेर ४.५ प्रतिशत पुगेको छ ।