Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

श्रीलंकाले विश्व बैंकबाट पायो १६ करोड डलर, समस्या समाधान होला ?

२०७९ जेष्ठ ४ गते


बैंकिङ खबर/ चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाले विश्व बैंकबाट १६ करोड डलर पाएको छ । अत्यावश्यक वस्तुको आयातका लागि चाहिने भुक्तानी पूर्तिका लागि सेतु वित्तपोषणअन्तर्गत सो रकम सहायता पाएको बुधबार श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रेमेसिंघेले बताएका हुन् ।

सो कोषलाई इन्धन आयातमा प्रयोग गर्न सकिन्छ कि भनेर आफूहरुले काम गरिरहेको संसदमा बोल्ने क्रममा उनले बताएका छन् । श्रीलंकाले अहिले दशकौं यताकै चरम आथिक संकट भोगिरहेको छ । विदेशी विनिमय सञ्चिति सुकेपछि सरकार अहिले दैनिक अत्यावश्यक सामान आयात गर्न नसक्ने अपस्थामा पुगेको छ । पछिल्लो समय श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो आर्थिक संकट बेहोरिरहेको छ ।