सनराइज बैंकले सुर्खेतको विरेन्द्रनगर, मकवानपूरको हेटौँडा र झापाको दमकमा रहेका शाखा कार्यालयहरुका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले शाखाअधिकृत, अपरेसन इन्चार्ज/जनसम्पर्क अधिकृत र कानुन विभागका लागि कर्मचारी माग गरेको हो । शाखा सञ्चालन, क्रेडिट र सेल्सबारे राम्रो जानकारी भएको, बैंकिङ नियमनबारे जानकारी भएको र अंग्रेजी र नेपाली भाषा लेखन र बोलाईमा पोख्त, बैंकले तोकेबमोजिम योग्यता पुगेका र इच्छुक व्यक्तिले असोज १४ गतेभित्रमा बैंकको कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँमा सम्पर्क गर्नुपर्नेछ ।
शाखा अधिकृतमा बैंकले जुनियर र सिनियर अफिसर लेभलमा रहेर काम गर्ने कर्मचारी माग गरेको छ । यसका लागि क वर्गको बैंकमा कम्तीमा तीन वर्ष शाखा व्यवस्थापन सम्हालेको हुनुपर्ने बताइएको छ । अफिसर लेभल या सोभन्दा माथिका लागि एप्लाई गर्न चाहनेले कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।
अपरेसन इन्चार्ज या जनसम्पर्क अधिकृतमा सुपरभाइजर र जुनियर अफिसर लेभलमा रहेर काम गर्ने कर्मचारी माग गरिएको छ । यसका लागि कम्तीमा दुई वर्ष वाणिज्य बैंकमा शाखा व्यवस्थापनको जिम्मेवारी सक्हालेको हुनुपर्नेछ । अफिसर लेभलमा एप्लाई गर्न चाहनेले कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । सुपरभाइजरका लागि भने कम्तीमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ ।
त्यस्तै, कानुन विभागका लागि बैंकले एसिस्टेन्ट लेभलमा रहेर काम गर्ने कर्मचारी माग गरेको छ । यसका लागि कानुन विषयमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक उतीर्ण गरेको, नेपाली टाइपिङ जानेको, २८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएको र एडभोकेट लाइसेन्सप्राप्त उम्मेदवारलाई प्राथमिकता दिइने समेत बैंकले स्पष्ट पारेको छ ।
(सम्पर्कका लागि : टोल फ्रि नं. १६६००१२२४४४, टेलिफोन नं.+९७७–१–४००४५६१–८४, फ्याक्स ९७७–१–४४२२४७५ या www.sunrisebank.com.np)