सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावल सुन तोलाको ५८ हजार तीन सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको ५८ हजार एक सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५७ हजार आठ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले महँगो भएको छ । आइतबार प्रति तोला आठ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइ्रहेको महासंघले जनाएको छ ।
