May 15th, 2022

१४ हजारसम्म पुगेको क्रिप्टोकरेन्सी लुनाको मूल्य शून्यमा झर्‍याे !


बैंकिङ खबर/ युएसडी टेरा अन्तर्गत एक क्रिप्टोकरेन्सीको मूल्य घटेर लगभग शून्यमा झरेको छ । लुना नाम दिइएको यो क्रिप्टोकरेन्सीलाई तुलनात्मक रूपमा स्थिर क्रिप्टोको रूपमा लिइँदै आइएको थियो ।

बल्क चेनमा आधारित क्रिप्टोकरेन्सीहरू एक किसिमको अभौतिक मुद्रा हो । कुनै पनि मुलुकको केन्द्रीय बैंकहरूबाट नियमन नहुने यस्तो मुद्रा कप्युटरको माध्यमबाट माइनिङ (बनाइन्छ) गरिन्छ । क्रिप्टोकरेन्सीहरू बिटकोइन लगायतमा विभिन्न नाममा माइनिङ गरिएका छन् ।

सन् २०१९ बाट सुरू भएको लुना करेन्सी एक सय १८ डलर (करिब १४ हजार २ सय ७८ रूपैयाँ) सम्म पुगेको थियो । करिब ८४ करोड ८८ लाख बराबरका लुना मुद्रा निर्माण भएकोमा ३७ लाख ६१ हजार वटासम्म चलनचल्तिमा रहेको थियो । यसआधारमा हेर्दा यो उच्च मूल्यमा हुँदा लगानी गरेकाहरूको ४४ अर्ब ३७ करोड डलर (करिब ५३ खर्ब ६९ अर्ब रूपैयाँ) गुमाएका छन् ।

भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार लुनाको भाउ घट्नुमा टेराअन्तर्गतकै अर्को मुद्रा युएसटीलाई त्यसको भाउ एक डलरसँग कायम राखिराख्ने गरि गरिएको पेग्ड हटाउनु हो । पेग्ड गर्दा एक डलरको अन्य मुद्रासँगको भाउ जति हुन्थ्यो युएसटीको भाउ पनि त्यतिनै हुन्थ्यो ।

लुनामा भएको गिरावटले क्रिप्टोकरेन्सीको बजार नै प्रभावित भएको छ । बिटकोइनको मुल्य समेत केही दिनअघि ५० प्रतिशतसम्म घटेर ३१ हजार डलरमा कारोबार भइरहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]