नेपालको पूंजी बजारमा थप टेवा पुर्याउने उद्धेश्यले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड मूख्य प्रवद्र्धक भएको आर.बि.बि. मर्चेन्ट बैकिङ्ग लिमिटेड संचालनको प्रक्रिया सुरु भएको छ । यसका लागि बैकले खुला प्रतिष्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गर्न विज्ञापन गरिएकोमा आवश्यकता अनुसारको दरखास्त प्राप्त हुन नआएकोले १५ दिनको म्याद राखेर मिति २०७३।०५।३० गते पुनः बिज्ञापन समेत गरेको छ । ४ वर्ष कार्यावधिको उक्त प्रमुख कार्यकारी पदमा सम्वद्ध विषयहरुमा स्नातकोत्तर उपाधी हासिल गर्नुका साथै वित्तिय क्षेत्रको कार्यानुभव हासिल गरेको हुनु पर्नेछ ।
आर.बि.बि. मर्चेन्ट बैकिङ्गको हाल चुक्ता पूंजी रु.१० करोड रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भईसकेको यो मर्चेन्ट बैकिङ्गले नेपाल धितोपत्र बोर्डबाट संचालन सम्बन्धी इजाजत पत्र प्राप्तीको क्रममा रहेकोमा सो प्राप्त हुनासाथ आफ्नो ब्यवसायिक कार्य आरम्भ गर्ने छ । हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ६७ जिल्लामा रहेका १६९ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको छ ।


