Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा बिटक्वाइनलाई कानूनी मुद्राको मान्यता

२०७९ बैशाख १५ गते

बैंकिङ खबर/ सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानूनी मुद्राका रूपमा मान्यता दिएको छ । बुधबार त्यहाँका राष्ट्रपतिले बिटक्वाइनलाई कानूनी मुद्रा बनाउने विधेयकमा हस्ताक्षर गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अघिल्लो साता सेन्ट्रल अफ्रिकन रिपब्लिकको संसदले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको थियो । ४८ लाख बढी जनसंख्या भएको सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुन र हिराका धेरै खानीहरू छन् ।

तर यो मुलुक संसारका सबैभन्दा गरिब र अल्पविकसित मुलुकमा पर्छ । बिटक्वाइनलाई कानूनी मान्यता दिएपछि मुलुकमा नयाँ अवसरको ढोका खुल्ने राष्ट्रपति कार्यालयको भनाइ छ ।