अबदेखि विद्युत आयोजना निमार्णमा सहभागी श्रमिकले पनि शेयर पाउने भएका छन् । उर्जा मन्त्रालयले गरिबसँग सरकार कार्यक्रम अन्तर्गत आयोजना निमार्णमा श्रम सहभागितामार्फत पनि शेयर सुनिश्चित गर्ने व्यवस्थाको मापदण्ड बनाई लागू गर्ने जनाएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उर्जा मन्त्री जनार्दन शर्मा प्रभावकरले देशमा भएको उर्जा संकट हटाउन विद्युत उत्पादनमा वृद्धि गर्नुपर्ने र त्यसका लागि प्रत्यक्ष सहभागि श्रमिकलाई पनि त्यसको हिस्सा दिने गरि कार्ययोजना बनाईने बताए ।
त्यस्तै मन्त्रालयले अति विपन्न परिवार, दलित कर्णाली लगायत पिछडिएका क्षेत्रका जनताका लागि प्रति परिवार १ लाख रुपैयाँसम्मको सामूहिक जमानीमा सहुलियत ऋणको व्यवस्था मापदण्ड बनाई जलविद्युत शेयरमा लगानी गर्ने व्यवस्था गर्ने उल्लेख गरेको छ ।
सरकारले २०८२ साल भित्र १० हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।
