२०७३ भाद्र ३१ गते

बाफिया पार लगाउन अर्थ समितिलाई सकस, सरोकारवालासंग छलफल सुरु

 

bafia2

संसदको अर्थ समितिले शुक्रबारदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया)माथी छलफल सुरु गरेको छ । व्यवस्थापिका संसद्मार्फत फेल भएको बाफियामाथीको समितिले शुक्रबार सरोकारवालासहित छलफल सुरु गरेको हो । शुक्रबार बिहान समितिले सिंहदरबारस्थित समितिको कार्यालयमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसहित अर्थ मन्त्रालयका अधिकारी तथा विभिन्न बैंकका अध्यक्षलगायतलाई बोलाएर छलफल गरेको छ ।

बाफियामा उल्लेख गरिएको दफाहरू परिमार्जन र संशोधन गर्ने विषयमा छलफल भएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए । ‘ आज हामीले राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सचिव, विभिन्न बैंकका अध्यक्षलाई बैठकमा बोलाएका थियौँ, अर्थ समितिका सभपति प्रकाश ज्वालाले शुक्रबार बैंकिङ खबरसंग भने, आजबाट बाफियामाथी छलफल सुरु भएको छ चाँडै टुंगोमा पुर्याउनेछौँ ।’ यसअघिको सरकारको पालामा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा विभिन्न दफाहरू परिमार्जन र संशोधन गर्न निर्देशन सहित वाफिया विधेयक अर्थ समितिमै फिर्ता भएको थियो । 
बैंक तथा वित्तीय संस्थाको परिभाषा, सञ्चालक र सर्वसाधारणलाई छुट्याइएको सेयरको विक्री वितरण, बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा रहेका संस्थापकहरुको सेयरको स्वामित्वमा विक्री वितरण एवम् स्वामित्व हस्तान्तरण गर्न पाउने अवधिका विषयमा पुनः छलफल गर्नुपर्ने भन्दै बाफिया फिर्ता भएको हो ।