नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर प्रभु मनि ट्रान्सफर प्रालिले आफ्ना ग्राहकका लागि नयाँ स्किम घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रभु मनिट्रान्सफरले एचबदजग ीगअपथ(ठ (प्रभु लक्की सेभेन) कार्यक्रम घोषणा गरेको हो । असोज १ अर्थात् भोलिदेखि कात्तिक २० गतेसम्म लागु हुने कार्यक्रममा विदेशबाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्वरलाई लक्की ड्र मा समावेश गरी भाग्यशाली विजेता ग्राहकहरु छानिने छन् । हरेक साता विजेता ग्राहकहरुको नाम कम्पनीको वेवसाईट वा अनलाई न्युज पोर्टलहरुमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनालाई प्रदान गरिने छ । उपहारहरुमा यमाहाको मोटर साइकल, स्कुटी, टिभि, मोबाईललगायत सयौँको संख्यामा रिचार्ज कार्डहरु रहेका छन् ।
यस्ता छन् उपहारहरु
१ बम्पर उपहार
Yamaha Saluto Bike -1
Yamaha Ray-Z Scooter -1
२. हरेक हप्ता
L.E.D TV – 7
Dish Home -7
Mobile Set -7
३. हरेक दिन (48×7=336)
सात जानालाई NTC/Ncell को २०० रुपैयाँको रिचार्ज कार्ड ।





