२०७३ भाद्र ३१ गते

अर्थ समितिमा बाफियामाथी छलफल हुँदै, गभर्नर पनि उपस्थित  

bafia2

संसदको अर्थ समितिको बैठकमा व्यवस्थापिका संसद्ले अर्थ समितिमै फिर्ता गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक बाफियामाथीको छलफल जारी छ। समिति कार्यालय सिंहदरबारमा जारी बैठकमा बाफियामा उल्लेख गरिएको दफाहरू परिमार्जन र संशोधन गर्ने विषयमा छलफल भईरहेको समिति सदस्यहरुले बताएका छन् । पूर्ववर्ती सरकारको पालामा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा विभिन्न दफाहरू परिमार्जन र संशोधन गर्न निर्देशन सहित वाफिया विधेयेक अर्थ समितिमै फिर्ता भएको थियो । 
बैंक तथा वित्तीय संस्थाको परिभाषा, सञ्चालक र सर्वसाधारणलाई छुट्याइएको सेयरको विक्री वितरण, बैंक तथा वित्तीय संस्थाको स्वामित्वमा रहेका संस्थापकहरुको सेयरको स्वामित्वमा विक्री वितरण एवम् स्वामित्व हस्तान्तरण गर्न पाउने अवधिका विषयमा पुनः छलफल गर्नुपर्ने भन्दै बाफिया फिर्ता भएको थियो । शुक्रबारको बैठकमा समितिले छलफलका लागि नेपाल राष्ट्र बैकका गर्भनर, कानुन मन्त्रलायका सचिव, विभिन्न बैक तथा विकास बैकका अध्यक्षलाई समेत बोलाएको छ ।