२०७३ भाद्र ३१ गते

पोखरा फाइनान्सले मर्जरबिनै चुक्ता पुँजी पुर्याउने

pokhara-finance

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चुुक्ता पुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जमा गईरहेका बेला पोखरा फाइनान्सले भने मर्जरबिनै चुक्ता पुँजी पुर्याउने योजना अघि सारेको छ । पोखरालाई केन्द्र बनाएर कारोबार गरिरहेका अधिकांश बैंक तथा वित्तीय संस्था एकपटक मर्जमा गइसकेर फरि पनि पुँजीवृद्धिको थप योजनामा छन् । तर पोखारा फाइनान्सले भने मर्जरबिनै राष्ट्र बैंकको निर्देशन पालना गर्ने भएको हो । पोखरा फाइनान्स राष्ट्रिय स्तरको वित्तीय संस्था हो । केन्द्रीय बैंकको मोद्रिक नीतिअनुसार राष्ट्रिय स्तरका वित्तीय संस्थाले २०७४ असार मसान्तसम्म ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्छ । त्यही लक्ष्य एक्लै पुर्याउने योजना फाइनान्सले बनाएको हो । 

चुक्ता पुजी पुर्याउने योजना 

हाल पोखारा फाइनान्सको चुक्ता पुँजी ४९ करोड रुपैयाँ छ । अब यही पुँजीलाई बढाएर ८० करोड पुर्याउन गरी तयारी भइरहेको पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए । उनका अनुसार गएको वर्षको नाफाबाट १३.५ प्रतिशत बोनस सेयर दिई पुँजी ५५ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैबाट उसले नगदको सट्टा सेयरधनीलाई बोनस सेयर दिने योजना बनाएको छ । 

हकप्रद सेयर पनि खुलाउने

पुँजीवृद्धिका हकप्रद सेयर खुलाउने गरी आगामी साधारण सभामा प्रस्ताव लैजाने योजना सिइओ गुरुङले सुनाए । फाइनान्सले एफपीओ जारी गरेर अघि बढ्ने योजना बनाएको छ । एफपीओका लागि क्रेडिट रेटिङ संस्थाले रेटिङ गरेपछि त्यसैअनुसारको मूल्यअंकित एफपीओ जारी गर्ने उनले बताए । मर्ज गर्ने नहुने र नगर्ने भन्ने नीति भएपनि सकेसम्म आफै पुँजी पुर्याउने दिशामा फाइनान्स अघि बढेको हो । 

निष्कृय कर्जामा सुधार 

पोखरा फाइनान्स वि.सं. २०५३ सालमा ६० लाख चुक्तापुँजीसहित स्थापना भएको थियो । केही वर्ष अघिसम्म देखिएको निस्कृय कर्जामा पछिल्लो समय आएर निकै सुधार देखिएको छ ।

वित्तीय जोखिमभन्दा बाहिर 

सिइओ गुरुङका अनुसार ठूल्ठूलो निक्षेप र कर्जा नभएको हुँदा फाइनान्सलाई वित्तीय जोखिम छैन । फाइनान्समा अघिल्लो वर्ष निष्क्रिय कर्जा २.२२ रहेकोमा गत वर्ष घटेर १.६७ मा झरेको छ । वित्तीय अवस्था निकै सुधारेर अघि बढेको फाइनान्सले तीन अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
केहीअघिमात्रै कास्की फाइनान्स र कामना विकास बैंक मर्ज भएर कामना विकास बैंकको नाममा कारोबार सुरु गरिसकेका छन् । आमे फाइनान्स र सिटी डेभलपमेन्ट बैंक मर्ज भएर ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंक मर्ज भएर अमे डेभलपमेन्ट बैंक बनिसकेको छ । मेट्रो विकास बैंक कैलाश विकास बैंकमा मर्ज भईसकेको छ । गरिमा र मुक्तनाथ विकास बैंकले पनि पोहोरै एक÷एक संस्थासंग मर्ज गरिसकेको छ । पोखरा फाइनान्सको योजना सफल भए पोखारामा संचालित मर्जरबिना चुक्ता पुँजी पुर्याउने शसक्त संस्थामध्ये एकमा पर्नेछ ।