Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतमा विदेशी मुद्राको घट्दो सञ्चिती

२०७८ चैत्र २८ गते

बैंकिङ खबर/ भारतमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको छ । भारतमा सबैभन्दा ठूलो साप्ताहिक गिरावट आएको छ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले जारी गरेको तथ्यांक अनुसार भू–राजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिती ११.१७३ बिलियन डलर घटेर ६०६.४७५ बिलियन डलरमा सीमित भएको छ। जुन अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो।

भारतीय केन्द्रीय बैंकमा गत साता पनि विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको थियो। गत २५ मार्चमा समाप्त भएको गत सातामा विदेशी मुद्राको सञ्चिती २.०३ बिलियन डलर घटेर ६१७.६४८ बिलियन डलरमा झरेको थियो।