Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतमा बीग मर्जरः एक भए एचडीएफसी र एचडीएफसी बैंक

२०७८ चैत्र २२ गते

बैंकिङ खबर/ भारतमा एचडीएफसी लिमिटेड र एचडीएफसी बैंकबीच मर्ज भएको छ । यसलाई भारतको कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो सम्झौताहरूमध्ये एक मानिएको छ । एचडीएफसीसँग एचडीएफसी मिसिएको हो ।

देशको सबैभन्दा ठूलो बैंक अहिले झनै ठूलो भएको छ । यतिठुलो कि शुरुवाती अभिभावक कम्पनी पनि अहिले यो बैंकमा समाहित हुन पुगेको हो । एचडीएफसी बैंक, भारतको सबैभन्दा ठूलो ऋण प्रदायक संस्था पनि हो । अब यसको एक सहयोगी, एचडीएफसी बैंकसँग मर्ज हुन गइरहेको छ । त्यसको केही प्रक्रिया अझै पनि बाँकी छ ।

दुबै कम्पनीको बोर्डले यो मर्जरलाई अनुमोदन गरेको छ । एचडीएफसीका प्रत्येक सेयरधनीले आफ्नो २५ सेयर बराबर एचडीएफसी बैंकको ४२ कित्ता सेयर पाउनेछन् । यो भारतीय कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो यस्तो सम्झौता भएको हो । यो अनुमान गरिएको छ कि मर्जर पछि, एचडीफसी बैंक भारतको दोस्रो ठूलो कम्पनी टीएससीलाई उछिनेको छ ।