Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंक तथा वित्तीय क्षेत्रमा प्रशस्त रोजगारी, छानी छानी दिनुहोस् आवेदन

२०७८ चैत्र ४ गते

बैंकिङ खबर/विभिन्न बैंक वित्तहरुमा रोजगारीको लागि सूचनाहरु प्रकाशित भएका छन् । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा रोजगारीको आवेदन खुल्ला भएको छ । बैंकमा विभिन्न पदका लागि आवेदन खुल्ला गरेको हो ।

बैंकले ६२ जना सहायक प्रबन्धक मागेको छ। सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ। त्यस्तै कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ।

बैंककाे सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सीए) मा २ र सहायक प्रबन्धक (आइटी) मा ४ जना मागेको छ। सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातकोत्तर हुनुपर्नेछ। सीएका लागि सिए/एसीसीए उत्तीर्ण हुनुपर्नेछ।

त्यस्तै आइटीमा दरखास्त दिन सूचना प्रविधिमा बीसीए/बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ। बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ। १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१/३१ जनाका लागि कोटा छुट्याएको छ।

बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २/२ जना सहायक मागेको छ। यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ। सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ।

बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ। जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ। यसका लागि व्यवस्थापनमा प्रमाणपत्र/प्लस टु उत्तीर्ण हुनुपर्नेछ।

लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको स्थानमा आवेदन मागेको हो। इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि र चार्टर्ड अकाउन्टेन्टका लागि केही, एप्लीकेशन डेभलपरका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

नेपाल स्टक एक्सचेन्ज

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अधिकृतदेखि प्रबन्धकसम्म रोजगारी खुलाएको छ। शुक्रबार एक सूचना निकालेर नेप्सेले खुलातर्फ एक जना प्रबन्धक मागेको छ। साथै सहायक प्रबन्धक एक जना महिला माग गरेको छ।

खुलातर्फ एकेक जना वरिष्ठ अधिकृत र अधिकृत माग भएको छ। मधेशी र अपांगतर्फ एक/एक जना अधिकृत माग भएको सूचनामा उल्लेख छ।

इच्छुकले नेपाल स्टक एक्सचेन्ज पदपूर्ति समितिको सचिवालय भद्रकालीमा दरखास्त दिन सक्नेछन्। आठौंदेखि दसौं तहका लागि दुई हजार पाँच सय दस्तुर लाग्नेछ। सातौं तहका लागि दुई हजार र छैटौं तहका लागि एक हजार पाँच सय दस्तुर लाग्नेछ। फागुन २७ गते खुलेको आवदेनमा २१ दिनभित्र आवेदन दिनुपर्ने छ । थप दस्तुर तिरेर ७ दिनभित्र आवदेन दिन सकिनेछ । 

एनआईसी एशिया लघुवित्त

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले सहायक प्रमुख कार्यकारी अधिकृत १ जना, सहायक महाप्रबन्धक १ जना र बरिष्ठ प्रबन्ध १ जना गरी जम्मा ३ जना कर्मचारीको माग गरेको हो ।

उक्त तीन ओटै पदका लागि स्नातकोत्तर तह उर्तीर्ण गरी बैँक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कार्यअनुभव भएको हुनुपर्नेछ ।योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको १५ दिन भित्रमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता , आफुलाई राम्रोसँग चिन्ने दुई जना व्यक्तिको नाम,सम्पर्क नम्बर लगायतका विवरणहरु उल्लेख गरिएको बायो डाटा संलग्न गरी आवेदन दिन आह्वान गरिएको छ ।

आवेदन गर्दा https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन भर्न सकिने संस्थाले जनाएको छ । इच्छुक आवेदकहरुको उमेरको हद ३० वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । रितपुर्वक प्राप्त दरखास्तहरु मध्येबाट छनोट सूचीमा परेका उम्मेरदवारहरुलाई मात्र अन्र्तवार्ताको लागि सम्पर्क गरिनेछ । सहायक प्रमुख कार्यकारी अधिकृतको हकमा अन्र्तवार्ताको साथै व्यवसायिक योजना प्रस्तुतिको माध्यमबाट छनोट गरिने लघुवित्तले जनाएकाे छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा धेरै संख्यामा विभिन्न पदका लागि रोजगारी खुलेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारीको माग गरेको छ ।
कम्पनीले आफ्नो उपत्यका बाहिर तथा उपत्यकाभित्रका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

एलआइसी नेपाल

एलआइसी नेपालले कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्टका लागि केही, सिनियर असिस्टेन्टका लागि केही र जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

एनएमबि लघुवित्त वित्तीय संस्था

एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि कर्मचारकिो माग गरेको हो । कम्पनीले यस पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । चैत १७ गतेभित्र आवेदन दिन सकिने छ । डबल दस्तुर तिरेर थप सातदिनभित्र आवदेन दिन सकिनेछ । 

 महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको माग गरेको छ । कम्पनीले अकाउन्ट फाइनान्स, रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टका लागि अफिसरमा र अकाउन्ट फाइनान्स,एजेन्सी, अण्डरराइटिङ र मार्केटिङ डिपार्टमा ट्रेनी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले यी पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

किसान लघुवित्त वित्तीय

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीलेसहायक अधिकृत र अधिकृतका लागि केही संख्यामा र सिएका लागि १ जना कर्मचारी माग गरेको हो ।

सहायक अधिकृत र अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्था बाट स्नातक तह उर्तिण गरी आवेदन पद भन्दा १ पद मुनी कम्तीमा ३ वर्ष लघुवित्त वित्तीय संस्थामा अनुभव भएको हुनुपर्नेछ भने सिए पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिएको परीक्षामा उर्तिण गरी वित्तीय संस्थामा लेखा परिक्षण सम्बन्धी कार्य अुनभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले चैत १० गते बैंकिङ समयभित्र संस्थाको एनआइशि एशिया बैंक लम्कीमा रहेको खातामा १ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर संकलन गरी संस्थाको कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौं आवेदन दिन कम्पनीले भनेको छ ।