२०७३ भाद्र २८ गते

प्लस टुदेखि डिग्री होल्डरसम्मलाई अवसर : राष्ट्रिय वाणिज्य बैंकले माग्यो साढे दुई सय कर्मचारी 

राष्ट्रिय बाणिज्य बैंकमा विभिन्न पदमा २४९ जनाका लागि जागिर खुलेको छ । बैंकले प्लस टुदेखि स्नातकोत्तर उत्तिर्णसम्मका लागि जागीर खोलेको हो । 

  • बैंकले प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना कर्मचारी माग गरेको छ । यो पदका लागि आवेदन दिन अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण हुनु पर्नेछ ।
  • प्रशासन अन्तर्गत पाँच तहको वरिष्ठ सहायकका लागि १९ जना कर्मचारी माग गरिएको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण हुनुपर्ने बताइएको छ । 
  • यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (नगद) मा ५० जनाको दरखास्त आह्वान गरिएको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण हुनु पर्नेछ ।
  • यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (सुचना प्रविधि) का लागि ६ जना कर्मचारी माग गरेको छ । यसका लागि कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सुचना प्रविध बिषयमा स्नातक उत्तिर्ण आवश्यक छ ।
  • बैंकले प्रशासन अन्तर्गत चार तहको सहायक पदका लागि ५५ जना कर्मचारी माग गरेको छ । चार तहको सहायक (नगद) का लागि पनि ५० जना कर्मचारी माग गरेको छ । यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ ।

दरखास्त फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

rbbrbb-1rbb-2rbb-3तलव तथा सुविधा बैंकको नियम अनुसार हुने सुचनामा उल्लेख छ । जागिरका लागि आवेदन ३० दिनभित्र बुझाइसक्नु पर्छ । दरखास्त बैंकको केन्द्रीय कार्यालय  सिंहदरवार प्लाजामा बुझाउनु पर्ने हुन्छ । लिखित परिक्षा लोक सेवा आयोगले लिने छ ।