मेगा बैंक र कसमस डेभलपमेन्ट बैंकले अहिले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । तपाईँले भर्नुभयो त ? छैन भने छिटो गर्नुहोस् । यी दुई बैंकको हकप्रद निष्काशनको म्याद छिटै नै सकिँदैछ । हेर्नुस्, कुन बैंकको हकप्रद भर्ने म्याद कहिले सकिँदैछ ?
मेगा बैंकको हकप्रद भर्ने म्याद भदौ २९ गतेसम्म
मेगा बैंकले आफ्ना शेयरधनीका लागि जारी गरेको २५ प्रतिशत हकप्रद शेयर भर्ने म्याद २९ गतेसम्म रहेको छ । बैंकले शेयरधनीलाई चार बराबर एक (४ः१) का दरले हकप्रद निष्काशन एक सय रुपैयाँ दरको ८१ लाख एक हजार ४ सय ३८ कित्ता शेयर निष्कासन गरेकोे हो । साउन ९ गतेसम्म कायम बैंकका शेयर धनीले मात्रै बैंकको हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । साउन २७ गतेदेखि निष्काशन भइरहेको हकप्रद भर्ने म्याद सकिन अब तीन दिन मात्रै बाँकी रहेको छ ।
कसमसकोे हकप्रद भर्ने म्याद भदौ २८ गतेसम्म
कसमस डेभलपमेण्ट बैंकले जारी गरेको हकप्रद भर्ने म्याद भदौ २८ गते सकिँदैछ । बैंकले ५ लाख ३ हजार एक सय २५ कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । साउन ३ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । बैंकले हाल कायम रहेको ५ करोड ३ लाख १२ हजार ५ सय रुपैयाँ रहेको चुक्ता पुँजीलाई दुई गुणा बढाउन हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात बैंकको चुत्ता पूँजी दश करोड छ लाख पच्चीस हजार रुपैयाँ पुग्नेछ ।