Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गाभिँदै फेवा र गण्डकी विकास बैंक

२०७३ भाद्र २६ गते

mergerपोखरामा मुख्य कार्यालय रहेका राष्ट्यिस्तरका दुई विकास बैंक एआपसमा गाभिने भएका छन् । गण्डकी विकास बैंक र फेवा विकास बैंकले मर्जरमा जाने सहमति गरेका हुन् । यी दुई बैंकले मर्जरमा जाने सहमति गरेपछि नेपाल स्टक एक्सचेञ्चमा आइतबारदेखि शेयर कारोबार समेत रोक्का भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ०७४ मािन्तसम्ममा पुँजी बढाउनका लागि यी दुई विकास बैंकहरु मर्जरमा जान लागेका हुन् । राष्ट्रियस्तरको बिकास बैंकले ०७४ आषढ मसान्तसम्ममा चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँँ पुर्याउनुपर्ने हुन्छ । 

हाल फेवा विकास बैंकको चुक्ता पुँजी ९९ करोड ५० लाख रुपैयाँ छ भने गण्डकी विकास बैंकको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ छ । यी दुई बैंक गाभिएपछि बन्ने नयाँ बैंकको चुक्तापूँजी डेढ अर्ब बढी हुने बताइएको छ ।

गत आर्थिक वर्षमा गण्डकीले १३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसबाट बैंकल १९.५७ प्रतिशत वोनस शेयर दिने घोषणा गरेको छ । बैंकले एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस दिने भएको छ । 

फेवा विकास बैंकले भने बोनश प्रस्ताव गरेको छैन । फेवा विकास बैंकले गत बर्ष ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । नाफाको आधारमा हेर्दा, फेवाले पनि २० प्रतिशतकै हाराहारीमा बोनश दिने सम्भावना देखिन्छ । दुई बैंकले बाड्ने बोनश शेयर समेत जोड्दा चुक्तापूँजी ३० करोड रुपैयाँ हाराहारीले बढ्नेछ । यो अवस्थामा नयाँ बैंकको पूँजी एक अर्ब ८० करोडको हाराहारी पुग्ने देखिन्छ ।