Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

महिला समूहलाई अब ‘विना धितो ऋण’

admin २०७३ भाद्र २५ गते
सेयर:

mantriउद्योगमन्त्री नवीन्द्रराज जोशीले अब देशका कुनै पनि युवाले बेरोजगार बस्नु नपर्ने बताएका छन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले कटुञ्जेस्थित चक्रपाणी चोकमा बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सबै नेपालीलाई रोजगार बनाउने बताएका हुन् ।

मन्त्री जोशीले भने– “अब ७५ वटै जिल्लामा उद्यमी बन्न चाहनेका लागि निवेदन माग गरेर कार्यक्रम सार्वजनिक गर्दैछु ।” उनले देशभरका महिलाले उद्यमी बन्न २०–२० जना महिलाको समूह बनाएर आएमा बिना धितो ऋण दिएर महिलालाई उद्यमी बनाउने कार्यक्रम समेत ल्याउन लागेको उनले बताए ।

बिपीले देशप्रति गरेको योगदानको चर्चा गर्दै उनले बिपी नेपालको अहिलेसम्म कै एकमात्र राष्ट्रवादी नेता भएको चर्चा गरे । कार्यक्रममा स्थानीय पूर्णबहादुर परियार दम्पतीलाई मन्त्री जोशीले सम्मान गर्दै लुगा सिलाउने मेसिन प्रदान गरे ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काँग्रेसका नेता महेश श्रेष्ठ, गणेशमान चक्रधर, निशान ढुङ्गेललगायतले बिपीको विचारलाई आत्मसात् गरेर पार्टी अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।