हालसालै स्थापना भएको राष्ट्रिय स्तरको विकास बैंक महालक्ष्मी विकास बैंकले केही संख्यामा सिनियर एसिस्टेन्ट र सुपरभाइजर माग गरेको छ । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्सबिच मर्ज भएको बनेको विकास बैंकले मान्यताप्राप्त शिक्षण संस्थाबाछ आईटी या कम्प्युटर इन्जिनियरिङमा स्नातक उतीर्ण गरेको ३५ वर्ष उमेर ननाघेको, बैंक तथा वित्तीय संस्थामा रही पुमोरी सिस्टममा कम्तीमा ३ वर्ष काम गरेको कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १६ सेप्टेम्बर अर्थात भदौ ३१ गतेभित्र निवेदन, वायो डाटा र हालसालै खिचेको फोटो career@mahalaxmi.com.np मा पठाउन आह्वान गरिएको छ ।



