२०७३ भाद्र २६ गते

सिद्धार्थ बैंकमा खुल्यो जागीर : अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

siddarthaसिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले प्रशिक्षार्थीको रुपमा मेनेजमेन्ट क्षेत्रका लागि दरखास्त आह्वान गरेको हो । सो पदका लागि कमर्स, मेनेजमेन्ट या इकोनोमिक्समा कम्तीमा ६० प्रतिशत प्राप्तांक ल्याएर मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर गरेको हुनुपर्नेछ । अनुभव नभएकाले पनि आवेदन दिन सक्ने बैंकले जनाएको छ । उक्त पदका लागि छनौट हुनेले बैंकको मुलुकभरका जुनसुकै शाखका पनि काम गर्नुपर्ने बताइएको छ । राम्रो काम गरेमा एक वर्षपछि अफिसर लेभलको एउटा पदमा औपचारिक रुपमै नियुक्त गरिने बैंकले उल्लेख गरेको छ । आवेदक २८ वर्ष उमेर ननाघेको, अ्रग्रेजी र नेपाली बोली तथा लेखाईमा पोख्त र  कम्प्युरसम्बन्धि ज्ञान भएको हुनुपर्ने बताइएको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले १६ सेप्टेम्बर अर्थात भदौ ३१ गतेभित्र बैंकमा सम्पर्क गरिसक्नुपर्ने छ ।