नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त कुमारी बैंकमा विभिन्न पदमा जागीर खुलेको छ । बैंकले आईटी सुपरभाइजर, सुपरभाइजर, अफिसर/आईटी सिनियर अफिसर, अफिसर/सिनियल अफिसर, एसिस्टेन्ट मेनेजर/डेपुटी मेनेजर, मेनेजर/सिनियर मेनेजर र एसिस्टेन्ट जेनेरल मेनेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।
आईटी सुपरभाइजरका लागि कोर बैंकिङ सफ्टवेर अथवा आईटीसम्बन्धि जानकारी भएको, कम्तीमा ३ वर्षको अनुभव भएको, कम्प्युटर साइन्स, आईटी, एमआईएस अथवा सम्बन्धि विषयमा स्नातक उतीर्ण गरेको, उमेर ३५ वर्ष ननाघेको तथा हार्डवेर, सफ्टवेर, नेटवर्क सिस्टक, एडमिनिस्ट्रेसन र सेक्युरिटीसम्न्धि जानकारी तथा अनुभव भएको हुनुपर्नेछ ।
त्यस्तै, सुपरभाइजरका लागि कम्तीमा ३ वर्ष कुनै पनि वित्तीय संस्थामा काम गरेको, फाइनान्स, मार्केटिङ, अर्थशास्त्र अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेको, ३५ वर्ष उमेर ननाघेको हुनुपर्ने बताइएको छ । बैंकले काठमाडौँ उपत्यका बाहिरका शाखाहरुका लागि ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर या अपरेसन इन्चार्ज लगायतको जिम्मेवारीका लागि उक्त योग्यता भएका योग्य क्यान्डिडेटको आवेदन माग गरेको समेत उल्लेख गरेको छ ।
त्यस्तै, अफिसर/आईटी सिनियर अफिसरका लागि कम्तीमा ५ वर्षको अनुभवप्राप्त तथा कोर बैंकिङ तथा आईटी क्षेत्रसँग सम्बन्धित जानकारी भएको, कम्प्युटर साइन्स, आईटी, एमआईएस अथवा सम्बन्धित विषयमा स्नातक गरेको, ३८ वर्ष उमेर ननाघेको साथै, हार्डवेर, सफ्टवेर, नेटवर्क सिस्टक, एडमिनिस्ट्रेसन र सेक्युरिटीबारे अनुभव तथा जानकारी भएको हुनुपर्नेछ ।
अफिसर/सिनियर अफिसरको पदमा रहेर काम गर्न चाहनेले वित्तीय संस्थामा ५ वर्ष काम गरेको, फाइनान्स, मार्केटिङ, इकोनोमिक्स अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेको र उमेर ३८ वर्ष ननाघेको हुनुपर्नेछ । काठमाडौँ उपत्यका बाहिरका शाखाहरुका लागि ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर र अपरेसन इन्चार्जको जिम्मेवारीका लागि उक्त योग्यता भएका क्यान्डिडेट माग गरिएको बैंकले स्पष्ट पारेको छ ।
त्यसैगरी, एसिस्टेन्ट मेनेजर/डेपुटी मेनेजर, मेनेजर/सिनियर मेनेजर र एसिस्टेन्ट जेनेरल मेनेजरका लागि फाइनान्स, मार्केटिङ, अर्थशास्त्र अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । एसिस्टेन्ट मेनेजर/डेपुटी मेनेजर र मेनेजर/सिनियर मेनेजरले कर्पोरेट बैंकिङमा रहेर टिमको नेतृत्व गर्न सक्ने, क्रेडिट र सेल्समा पोख्त, विश्लेषणत्मक क्षमता भएको सिनियर रिलेसनसिप मेनेजरको भूमिका निभाउनुपर्ने समेत बैंकले प्रष्ट्याएको छ । एसिस्टेन्ट मेनेजर/डेपुटी मेनेजरका लागि कमर्सियल बैंकमा कम्तीमा सात वर्ष (३ वर्ष अफिसर लेभलमा रहेर) काम गरेको र उमेर ४२ वर्ष नानाघेको हुनुपर्नेछ । मेनेजर/सिनियर मेनेजरका लागि भने कमर्सियल बैंकमा १० वर्ष (६ वर्ष असिफसर लेभलमा रहेर) काम गरेको तथा उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ । एसिस्टेन्ट जेनेरल मेनेजरका लागि कमर्सियल बैंकमा कम्तीमा १२ वर्ष (६ वर्ष मेनेजरियल लेभलमा रहेर) काम गरेको, ४८ वर्ष उमेर ननाघेको, बैंकिङ सम्बन्धि गहिरो जानकारी भएको, बैंकको विजनेसलाई विस्तार गर्न सक्ने तथा रिस्क एण्ड अपरेसनबारे जानकार हुनुपर्ने बताइएको छ ।
इच्छुक तथा बैंकले तोकेअनुसारको योग्यता पुगेका क्यान्डिडेटले १४ सेप्टेम्बर अर्थात भदौ २९ गतेभित्र बैंकको इमेल ठेगाना career@kumaribank.com मा इमेल गरी आवेदन दिनुपर्नेछ ।